Comments Add Comment

स्वास्थ्य समाचार

List Grid
मुखको सरसफाई कसरी गर्ने ?

हामी आफ्नो छाला तथा केशको बारेमा अति नै सम्वेदनशील हुन्छौं । यसका लागि हामी विभिन्न किसिमका उत्पादनहरुको प्रयोग गर्छौंं । तर, जब कुरा मुख (ओरल) को स्वास्थ्यको कुरा आउँछ, हामी त्यति वास्ता गर्दैनौं । तर, वास्तविकता के हो भने हाम्रो शरीरमा जाने हरेक प्रकारका पोषक तत्व, भाइरस तथा ब्याक्टेरियाको सबैभन्दा प्रमुख बाटो भनेको नै मुख […]

तनावले पनि पाचनमा समस्या ?

कमजोर पाचन शक्तिसंग सम्बन्धित कुनै रोग जस्तो लिभर, ग्याष्ट्रिक, मधुमेय आदिका कारण हुने गर्दछ । यसबाहेक मानसिक पक्षलाई हेर्ने हो भने तनावले पनि पाचन प्रकृयालाई बिगार्न सक्ने सम्भावना उत्तिकै छ, चाहे त्यो तनाव कामसंग सम्बन्धित होस् अथवा कुनै प्रतिस्पर्धासंग । आयुर्वेद तथा मनोवैज्ञानिकदेखि मानसिक रोगहरुका विभिन्न आयामहरुमा जुन भिन्दा–भिन्दै अध्ययनहरु गरिएका छन्, तीनका अनुसार युवा […]

चालिस कटेसी के गर्ने ?

४० वर्ष पुग्नु जीवनको महत्वपूर्ण चरणहरुमध्येको एक हो । यस चरणमा हामी शारीरिक र मानसिक रुपले धेरै परिवर्तित भइसकेका हुन्छौं, साथसाथै परिपक्क पनि । यो उमेरमा जिम्मेवारीहरु तथा अपेक्षाहरुले घेरिएको हुन्छौं । एकातिर पारिवारिक दायित्व, अर्कोतिर आफ्नै शारीरिक स्वास्थ्य । सबैलाई सन्तुलित ढंगले अगाडि बढाउनुपर्ने हुन्छ । संयमित हुनुपर्छ । त्यसैले विगतमा गरिने कतिपय गल्तीहरु […]

कोरोना संक्रमित व्यक्तिबाट कहिलेसम्म टाढा रहने ?

कोरोना भाइरसले अहिले सबै देशका जनताहरुमा ठुलो त्रास उत्पन्न गराएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म ४७ हजारभन्दा बढि मानिसहरुको मृत्यु भैसकेको छ भने लाखौं मानिसहरु यो भाइरसबाट संक्रमित भएका छन् । त्यसो त हजारौं मानिसहरु यो भाइरसको संक्रमणबाट निको भएर घर पनि फर्किसकेका छन् । यसैबीच, संक्रमणबाट ठीक भएका व्यक्तिहरुको स्वास्थ अध्ययनको क्रममा एउटा […]

भेन्टिलेटरले कसरी गर्छ काम ?

अहिले संसारभरी कोरोना भाइरसको संक्रमण झन्–झन् बढ्दै गएको छ । नेपालमा पनि पाँच जना व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । यद्यपि, अहिलेसम्म नेपालमा यो भाइरसका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । सरकारले कोरोना भाइरस नफैलियोस् भन्नका लागि नेपालभरी नै लकडाउन गरेको छ । यसैबीच, अहिले कोरोना संक्रमित बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरका […]

शौचालयमा मोबाइल : बन्नसक्छ पायल्सको समस्या

अहिले अधिकांश होम क्वारेन्टाइनमा छन् । घरमा बस्दा के गर्ने ? धेरैको लागि बाहाना मिलेको छ, मोवाइल । मोबालइलमै तल्लिन भएर कतिपयले दिन कटाइरहेका छन् । त्यसो त मोबाइलको प्रयोग कतिसम्म बढेको छ भने हामीलाई शौचालयमा समेत चाहिन्छ । यस्तो लाग्छ मानौं मोबाइल भएन भने दिसा पिसाब नै गर्न सकिदैन । साना बालबच्चाहरुमा जसरी मोबाइल […]

कोरोनाविरुद्ध प्रविधि

अहिले विश्वमा कोरोना भाइरसबाहेक अन्य कुनै पनि कुरामा मानिसहरुको रुची छैन । न त मानिसहरुलाई यो भन्दा बाहिरका सामग्री पढ्ने इच्छा छ, न त गफगाफमै समेत यो भन्दा पृथक विषयले स्थान पाउँछ । नेपालसहित विश्का २ सय २ वटा देशसम्म फैलिइसकेको कोरोना भाइरसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा अधिकांश देश  दिनरात मेहनत गरिरहेका छन् । नेपालसहित […]

पसलमा किनमेल गर्दा कोरोनाको जोखिम रहन्छ ?

कोरोना भाइरसबाट बच्ने सरल र उपयोगी काइदा हो, घरभित्रै बस्नु । अर्थात भिडभाडमा र अन्य व्यक्तिको सम्पर्कबाट अलग रहनु । अहिले सबैले यही रक्षात्मक विधी अपनाइरहेका छन् र घरभित्र बसेका छन् । तर, के हामी पूर्णत सुरक्षित छौं ? हामी खतराको चौघेराभन्दा बाहिर छौं ? यो प्रश्न किनपनि उठ्छ भने कोरोना भाइरस व्यक्ति–व्यक्तिबाट मात्र होइन, […]

कोरोना भाइरस : यी भ्रम हुन्

जति तिब्र गतिमा कोरोना भाइरस फैलिइरहेको छ, यसले कुनै देश, कुनै स्थानलाई छोडेको छैन, त्यति नै तिब्र गतिमा गलत .(फेक) तथा अपूरा सूचनाहरु पनि फैलिइरहेका छन् । हामीमध्ये धेरैजसो व्यक्तिहरु आफ्नो दिमाग नलगाइ ती सूचनाहरुमा विश्वास गरिरहेका छौं । ती गलत सूचनाहरुले हामीलाई केवल सत्यलाई असत्य तथा असत्यलाई सत्य मान्नका लागि बाध्य पारिरहेका छन् । […]

श्वासप्रश्वासको गलत तरिकाले प्रतिरोधक क्षमता घट्छ ?

एक दिनमा हामी लगभग २३ हजार पटक सास फेर्छौं । श्वासप्रश्वास शरीरको एक स्वचालित प्रक्रिया हो । हामीलाई हेक्का पनि हुँदैन कि हामी सास लिने र छाड्ने गरिरहेका छौं । यो काम हाम्रो शरीरले चुपचाप एकदम शान्तसँग गरिरहेको छ । शरीरलाई स्वस्थ, तन्दुरुस्त एवं जीवित राख्नका लागि खाना र पानीको जति आवश्यक्ता हुन्छ, त्यो भन्दा […]

रुघाखोकीमा घरेलु ओखती

सामन्य रुघाखोकीको लागि औषधि–उपचारको आवश्यक हुँदैन । पर्याप्त तातो पानी पिउनुपर्छ । आफै निको हुन्छ । तर, अहिले कोरोना भाइरसको सन्त्रास छ । कोरोनाको सुरुवाती लक्षण रुघाखोकी, ज्वरो हो । त्यसैले यतिबेला रुघाखोकी लाग्नसाथ धेरैको मनमा आशंका पैदा हुनसक्छ, कोरोनाको संक्रमण त होइन ? सचेत एवं सर्तक हुनु राम्रो हो । त्यस अनुरुप सावधानी अपनाउनु […]

दुध,पाउरोटी एवं खाद्यन्नबाट कोरोना सर्न सक्छ ?

लकडाउनका लागि सरकारले हेल्पलाइन नम्बरहरु जारी गरिसकेको छ । डिपार्टमेन्टल स्टोरहरुले अनलाइन अर्डर गरिएको खण्डमा घरमै सामान ल्याइदिने बताइसकेको छ । विभिन्न सरकारी अस्पतालहरुले चिकित्सकहरुका मोबाइल नम्बर नै सार्वजनिक गरिसकेका छन् । त्यसैले सामान्य स्वास्थ जानकारीका लागि अस्पताल नै धाउनु पर्ने बाध्यता छैन । आफुलाई भएको समस्या अनुसारका चिकित्सकलाई घरमै बसेर फोन गर्न सकिन्छ । […]

जुत्ताबाट पनि फैलिन्छ कोरोना भाइरस ?

कोरोना भाइरस कसरी वा कुन माध्यमबाट फैलिँदैछ भन्ने कुरामा अहिले विभिन्न अध्ययन भइरहेका छन् । मान्छेबाट मान्छेमा वा मान्छेले प्रयोग गरेको वस्तुमा यसको भाइरस सर्नसक्ने बताइएको छ । त्यसैले कतिपय वस्तुहरु पनि कोरोना भाइरस फैलावटका लागि जिम्मेवार मानिँदै आएको छ । पैसा, लिफ्ट, एटिएम आदि । यसैबीच डेली मेलले एउटा रिपोर्ट प्रकाशित गरेको छ । […]

कुन ठाउँमा कति समयसम्म बाँच्न सक्छ कोरोना भाइरस ?

संक्रमित व्यक्तिसँग आमनेसामने हुँदा मात्र होइन, अरु विभिन्न माध्यामबाट पनि कोरोनाको भाइरस फैलिरहेको छ । उत्तरी छिमेकी चीनबाट फैलिएको कोरोना भाइरस युरोप–अमेरिकादेखि विश्वकै फन्को लगाइरहेको छ । यसको आतंक बढ्दै जाँदा सुरक्षाको विधी पनि अपनाउन थालिएको छ । मास्क लगाउनेदेखि व्यक्तिगत दूरी कायम गर्नेसम्म । चिकित्सकहरु सुरक्षात्मक विधी सिकाइरहेका छन्, हात धुनुहोस् । नाक र […]

कस्ता व्यक्ति कोरोनाको जोखिममा छैनन् ?

कोरोना भाइरसको संक्रमण कति खतरनाक हुन्छ ? यो प्रश्नको जवाफ तपाईंको शारीरिक अवस्थामा निर्भर रहन्छ । अहिलेसम्म जतिपनि कोरोना संक्रमित भेटिए, तिमध्ये धेरैजसो निको भएका छन् । नेपालमै पनि संक्रमितमध्येका एक निको भए । यसको अर्थ कोरोना लाग्नसाथ आत्तिनुपर्छ भन्ने पनि छैन । तर, लाग्नै नदिनु हाम्रो प्राथमिकता हो । कोरोना भाइरसलाई कस्ता व्यक्तिले पराजित […]

‘सरकार तयार भए हामी पन्छिने कुरै आउँदैन’

१५ चैत, चितवन । कोरोना भाइरस संंक्रमण र त्यसविरुद्व सरकारले गरेको ‘लकडाउन’ बढ्दै जाँदा अस्पतालहरुमा बिरामी घट्दै गएका छन् । कोरोनाको लक्षणसँग मिल्ने रुघाखोकीका बिरामी अस्पताल पुग्दा सेवा नपाएको समाचारहरु पनि आउन थालेका छन् । अरुबेला बिरामी तान्न प्रतिस्पर्धा गर्ने निजी अस्पतालहरु यो संकटको बेला भाग्न खोजेको भनेर आलोचना पनि भइरहेको छ । निजी अस्पतालहरु […]

कोभिड-१९ : बुझ्नैपर्ने केही कुरा

बेलायतमा सार्स कोरोना भाइरस-२ बाट पीडित बिरामीहरुमा यो बिरामीका केही भिन्न लक्षणहरु देखिएको छ । ती बिरामीहरुले आफ्नो शरीरको तापमान अत्यधिक भएको महसुस गर्न थालेका थिए । कतिसम्म भने उनीहरुले आफ्नो छाती तथा ढाडमा हात राख्दा उनीहरुले अत्यधिक तातो महसुस गर्न थालेका थिए । कोभिड–१९ अहिले पनि विश्वकै लागि एउटा नयाँ खालको सरुवा रोग हो। […]

धुम्रपान गर्नेहरु कोरोनाको बढी जोखिममा ?

विश्वभरीमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै मानिसहरुलाई सावधानी अपनाउने तथा सरसफाईमा ध्यान दिन आग्रह गरिँदैछ ।नेपालसहित विश्वका विभिन्न देशहरुमा लकडाउनको घोषणा गरिएको छ । यसबीच मानिसहरुलाई भीडभाड नगर्न तथा भीडभाड हुने स्थानमा नजानका लागि समेत आग्रह गरिँदैछ । कोरोना भाइरसको बारेमा मानिसहरु सावधान त छन् । तर, त्यसको खतरा बढी रहेको त छैन भन्ने […]

के हो हन्टा भाइरस ?

कोरोना भाइरसको त्रास र डरको छाया हामी सबैको वरपर छाइरहेको छ । यस्तो अवस्था चीनमा अर्को एउटा नयाँ भाइरस देखा परेको समाचार सार्वजनिक भएको छ । उक्त नयाँ भाइरसको नाम हो हन्टा भाइरस । यो खतरनाक भाइरसका कारण चीनमा अहिलेसम्म एक जना व्यक्तिको निधन भएको छ । उक्त भाइरसका बारेमा विभिन्न सञ्चार माध्यमहरुमा समाचारहरु प्रकाशित […]

कोरोना संक्रमित : महिला भन्दा पुरुष किन बढी ?

ग्लोबल हेल्थको तथ्यांकन विश्लेषण अनुसार पुरुषहरुको कोभिड–१९ को मृत्युदर महिलाहरुको तुलनामा बढी पाइएको छ । राष्ट्रिय स्वास्थ्य संस्थानद्वारा जारी गरिएको तथ्यांकका अनुसार, इटलीमा, जुन कोभिड–१९ को केन्द्र बनेको छ, त्यहाँ कुल कोरोना भाइरस संक्रमणमध्ये ६० प्रतिशत पुरुष थिए । चीन तथा दक्षिण कोरियाको तथ्यांक विश्लेषणले पनि यस्तै प्रकारको तथ्यांक देखाएको छ । अमेरिकाले अहिलेसम्म कुल […]

कहाँ पुग्यो कोरोना भाइरसविरुद्ध औषधिको अनुसन्धान ?

विश्वभरी कोरोना भाइरसको महामारी सुरु भएको झण्डै तीन महिना पुगेको छ । विश्वभर स्वास्थ्य आपतकाल घोषणा भएको अढाई महिना र विश्वभरी महामारीको रुपमा यसलाई परिभाषित गरिएको समेत तीन साता हुन लागिसकेको छ । तर, अहिलेसम्म पनि विश्वभरका वैज्ञानिकहरु, औषधि उत्पादक संस्थाहरु र अन्य चिकित्सकहरु समेत यसको उपचारको खोजी गर्न असमर्थ भएका छन् । द गार्जियनमा […]