News Summary
Generated by OK AI. Editorially reviewed.- नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रीटमा दसैँ अवसरको चारदिने ‘चङ्गा चेट’ उत्सव बुधबारबाट सुरू भएको छ।
असोज, काठमाडौं । दसैँको अवसरमा नगरकोटमा आयोजना गरिएको चारदिने ‘चङ्गा चेट’ उत्सवको बुधबारबारबाट सुरु भएको छ। नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रीटमा भएको उत्सवको पहिलो दिन स्वदेशी तथा विदेशी गरी १५० जनाभन्दा बढी पाहुना सहभागी भएको यसका सञ्चालक अर्जुन सिंह ठकुरीले जानकारी दिए ।

दसैँमा चङ्गा उडाउने नेपाली परम्परालाई संगीत, कला, खानपान र मनोरञ्जनसँग जोडेर उत्सव आयोजना गरिएको हो । ठकुरीका अनुसरा सहभागीहरूले चङ्गा उडाउँदै, सांगीतिक प्रस्तुतिमा रमाउँदै र विभिन्न सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुँदै दसैँको उमङ्ग साटासाट गरेका थिए।

असोज २८ देखि ३१ गतेसम्म सञ्चालन हुने ‘चङ्गा चेट’ को पहिलो दिन होटल तथा पर्यटन क्षेत्रका व्यवसायी, नगरकोट–नाल्दुम पर्यटन विकास समितिसँग आबद्ध प्रतिनिधि, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
‘यसपालिको दसै आकाशमा चङ्गा, मनमा उमङ्ग !’ भन्ने नारासहित आयोजना भइरहेको ‘चङ्गा चेट’ नेपाली चाडपर्वको मौलिकतालाई आधुनिक मनोरञ्जन र सामूहिक उत्सवसँग जोड्दै नगरकोटको सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको ठकुरीको भनाइ छ ।

प्रतिक्रिया 4