Comments Add Comment

स्वास्थ्य समाचार

List Grid
आफूले भेटेको मान्छेलाई संक्रमण भयो भने के गर्ने ?

काठमाडौैं । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन उच्च गतिमा बढिरहेको छ । शुक्रबार मात्र ८३८ जना कोरोना संक्रमित थपिएका छन् । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार संक्रमितको आधारमा नेपाल विश्वको ६६ औं स्थानमा छ । मृत्युको हिसाबले हेर्दा भने नेपाल विश्वमा ९७ औं स्थानमा छ । यसरी संक्रमणको दरसँगै जोखिम पनि उच्च दरमा बढिरहेको छ […]

अनलाइन पढ्दा कम्प्युटरको स्क्रिनबाट आँखालाई कसरी जोगाउने ?

आजको युगमा कम्प्युटर हरेक कामको लागि उपयोगी बन्दै गएको छ । यो समयमा कोभिड १९ को महामारीका कारण केही विद्यालयहरूले अनलाइन कक्षा पनि सञ्चालनमा ल्याइरहेका छन् । यही अनलाइन कक्षामा प्रयोग हुने कम्प्युटर, ल्यापटप तथा मोबाइलको स्क्रिनले आँखामा प्रत्यक्ष तथा परोक्ष रूपमा असर गरिरहेको हुन्छ । कम्प्युटरमा निरन्तर पढिरहँदा वा काम गर्दा आँखा थाक्ने, टाउको […]

कपडाको मास्क कस्तो र कसरी लगाउने ?

काठमाडौैं । कोरोना भाइरसको महामारी चलेसँगै विश्व मास्कमय बनेको छ । धेरै मुलुकमा सरकारले नै मास्क अनिवार्य गरेको छ भने कतिपय मुलुकमा नागरिक नै सचेत भएर मास्क लगाउन थालेका छन् । नेपालमा सरकारले मास्क नलगाइ हिँड्नेलाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार १०० रुपैयाँ कारबाही गर्ने गरेको छ । तर मास्क कस्तो लगाउने र कसरी लगाउने […]

तथ्यांक विश्लेषण : दीर्घरोग नभएका युवामा पनि कोरोनाको जोखिम उत्तिकै

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक सय नाघिसकेको छ । शुक्रबार नै कोरोना संक्रमितको मृत्युले एक सयको आँकडा छोएको हो । जेठ ३ गते नेपालमा कोरोना संक्रमितको पहिलो मृत्यु भएको ३ महिना ननाघ्दै एक सय कटेको कोरोनाको मृत्युदर विश्लेषण गर्दा दीर्घ रोग पहिचान नभएका युवा समेत यसको जोखिममा देखिएका छन् । सामान्यतया कोरोना भाइरस […]

कोरोना भाइरसविरुद्ध ‘हर्ड इम्युनिटी’को सिद्धान्त कति प्रभावकारी छ ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण यतिबेला विश्व त्रसित छ । यसको खोप कहिले बन्छ भन्ने विषयमा अन्यौल कायमै छ । रुसले आफूले कोरोना भाइरसको खोप बनाएको दाबी गरेको छ । तर, उसको खोपमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आशंका व्यक्त गरिसकेको छ । खोपको अभावका कारण विश्वमा लाखौं मानिसको मृत्यु भइसकेको छ भने यो […]

तथ्यांक विश्लेषण : मुटु, रक्तचाप र क्षयरोगका बिरामी कोरोनाको उच्च जोखिममा

३० साउन, काठमाडौैं । वि.सं. २०४२ सालदेखि ४ वर्षसम्म जनकपुरमा मेयर बनेका कृष्ण गिरीको साउन २८ गते कोरोनाबाट मृत्यु भयो । जनकपुरमा आफ्नै निवासमा रहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत मेडिसिटी अस्पताल ल्याइएको थियो । तीन सातादेखि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरीलाई एक सातादेखि भेन्टिलेटरमा उपचार गराउँदै आइएको थियो । उनी मुटु सम्बन्धी […]

सामान्य रुघाखोकी र कोभिडको लक्षण छुट्याउन सकिन्छ ?

काठमाडौं । मंगलबार मात्र काठमाडौं उपत्यकामा १३४ जना सहित देशभर ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौंसहित बारा, पर्सालगायतका जिल्लामा यो रोगका संक्रमितहरू धेरै देखिएका छन् । एकातर्फ कोरोनाको त्रास छ भने अर्काेतर्फ मौसमी तथा अन्य फ्लुका कारण पनि कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणहरू देखिने गरेको छ । यही अन्योलका बीच कोरोना र अन्य […]

इन्डोनेसियामा कोरोनाविरुद्धको चिनियाँ खोपको तेस्रो चरणको परीक्षण शुरु

चीनको सिनोभ्याक बायोटेक लिमिटेडले इन्डोनेसियामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको तेस्रो वा अन्तिम चरणको परीक्षण शुरु गरेको छ । सिनोभ्याकले इन्डोनेसियाको पीर बायो फर्मासँग मिलेर यो खोप बनाएको हो । मंगलबार शुरु भएको यो चरणको परीक्षण एक हजार ६२० संक्रमितमा गरिएको हो । सोमबार सिनोभ्याकले दोस्रो चरणको नतिजा पनि सार्वजनिक गरेको छ । दोस्रो चरणमा […]

शरीरमा फलाम तत्वको मात्रा कम हुँदा देखिने लक्षणहरू

फलाम तत्व शरीरको लागि अत्यावश्यक एक प्रकारको खनिज पदार्थ हो, जुन हाम्रोको स्वास्थ्यका लागि अत्यावश्यक छ । हाम्रो शरीरमा रहेका सबै कोषहरूमा केही न केही मात्रामा फलाम मिसिएको हुन्छ । तर प्रायःजसो फलाम शरीरमा रहेको रातो रक्तकोषमा पाइन्छ । राता रक्तकोषहरूले हाम्रो फोक्सोबाट शरीरभरि अक्सिजन ढुवानी गर्छ । पोषकतत्वबाट ऊर्जा उत्पादन गर्न शरीरमा फलामको भूमिका […]

झाडापखलामा जलवियोजनको जोखिम

वर्षायाम छ । खानेकुरा चाडै सड्ने, गल्ने, संक्रमित हुने जोखिम रहन्छ । झिंगा, साङ्लाले समेत खानेकुरा दुषित बनाइदिन्छ । पिउने पानीको स्रोत पनि फोहोर हुनसक्छ । यसले गर्दा पेड गडबड हुने वा झाडापखला लाग्नसक्छ । झाडापखला लाग्दैमा डराउनुपर्ने भन्ने हुँदैन । आरम, सरसफाई, पोषिलो खानपान, पर्याप्त पानीको सेवन आदिबाट सजिलै निको हुन्छ । तर, हप्तादिन […]

पिएसपी  : मस्तिष्क सम्बन्धी एक जटिल रोग

नेशनल हेल्थ सर्भिस, व्रिटेनका अनुसार प्रोग्रसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) भनेको एक दुर्लभ स्थिति हो जसमा मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न तथा निल्नमा कठिनाई हुने गर्छ । यसकै कारण मस्तिष्कको कोशिकामा पनि असर पुग्ने गर्छ । ६० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या बढी देखिने गर्छ । के कारणले हुन्छ पिएसपी ? ‘तउ’ नामक प्रोटिनको […]

कोरोना : विश्वमा के हुँदैछ ?

वैश्विक महामारी कोरोना भाइरस नियन्त्रणका प्रयासहरु त्यती सफल भएको छैन । यसबाट अहिलेसम्म सात लाख बढीको मृत्यु भइसकेको छ । १ करोड ८६ लाख बढी संक्रमित छन् । कोभिड–१९ ले सबैभन्दा बढी अमेरिकालाई सताएको छ । दोस्रो नम्बरमा ब्राजिल छ भने तेस्रोमा छिमेकी मुलुक भारत । यस महामारीबाट मृत्यु हुनेमा अमेरिका पहिलो नम्बरमा छ । […]

चिकित्सकको कस्तो व्यवहारले रोगीको मनोबल घट्छ ?

‘तिमीहरुमध्ये को सबैभन्दा राम्रो डाक्टर बन्न चाहन्छौं ?’ चिकित्साशास्त्रका अधिकांश विद्यार्थी गर्वसाथ हात उठाउँछन् । प्रोफेसरले एक विद्यार्थीलाई इंगित गर्दै सोध्छन्, ‘तिमीलाई लाग्छ, के तिमी राम्रो डाक्टर बन्नेछौं ?’ युवती उठ्दै फुर्तिसाथ भन्छिन्, ‘यस सर ।’ ‘किन तिमीलाई त्यस्तो लाग्छ कि तिमी असल डाक्टर बन्नेछौं ?’ चिकित्साशास्त्र पढिरहेकी युवती भन्छिन्, ‘किनभने मलाई बिरामीहरुप्रति लगाव छ […]

रुघाखोकीमा घरेलु औषधि

अहिले रुघाखोकी लाग्नसाथ धेरैको मनमा आशंका पैदा हुन्छ, कतै कोरोनाको कारण त होइन । कोरोना भाइरसको संक्रमणपछि देखिने आम लक्षण हो, रुघा, खोकी, ज्वरो । यद्यपि रुघाखोकी अन्य अवस्थामा पनि लाग्न सक्छ । र, सामान्य रुपमै यो निको पनि हुन्छ । रुघाखोकी लागेपछि कतिपय औषधि खोज्नतर्फ लाग्छन् । सामान्य रुघाखोकीमा औषधि आवश्यक हुँदैन । बरु, […]

एसीको असर : स्वास्थ्यमा अनेक समस्या

गर्मी बढ्दो छ । गर्मीमा कसरी सितलता प्राप्त गर्ने ? अहिले यसका अनेक विकल्प छन् । तपाईं÷हामीले आफ्नो वासस्थान, कार्यथलो आदिलाई वाताअनुकुलित बनाएर बस्न सक्छौं । किनभने कुलर, एसी जस्ता विधुतिय उपकरण अहिले सहज र सर्वत्र उपलब्ध हुन थालेको छ । गर्मीमा शरीरलाई सितल तुल्याउने कृतिम काइदा हो, एसी । यसले हपहपी गर्मीबाट शरीरलाई केही […]

४ हजारमा कोरोना परीक्षण, ४ घण्टामै रिपोर्ट

काठमाडौं । कोरोना भाइरस संक्रमणको अशंका भएमा ४ हजार रुपैयाँमा यसको परीक्षण गर्न सकिने छ । परीक्षणको नतिजा ४ घण्टामै उपलब्ध हुनेछ । विध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबले उक्त सुविधा उपलब्ध गराएको हो । कोरोना परीक्षणका लागि नेपाल सरकारबाट अनुमति पाएको विध म्यानेजमेन्टले सर्वसाधारणको सहुलियतका लागि भन्दै परीक्षण शुल्क घटाएर ४ हजार रुपैयाँमा गर्ने […]

क्यान्सर आफैमा मृत्यु होइन

क्यान्सर आफैमा भयावह रोग । हामी भन्छौं, क्यान्सर लागेपछि मृत्यु नजिकिन्छ । तर, उदाहरणहरुले भन्छ, क्यान्सरलाई जित्न पनि सकिन्छ । क्यान्सरको सफल उपचारपछि सामान्य जीवन विताइरहेकाहरु हाम्रै समाजमा कति छन्, कति । यद्यपि क्यान्सरको उपचार त्यसबेला संभव हुन्छ, जब यसको यथासिघ्र उपचार खोजिन्छ । क्यान्सरको लक्षण देखापर्नसाथ उपचार गरेमा, पुन सामान्य जीवनमा फर्कन सकिन्छ ।  […]

साइलेन्ट हार्ट अट्याकको जोखिम

कहिले काहीँ सामान्य व्यक्तिको अचानक मृत्यु हुन्छ, जो बाहिरबाट हेर्दा ठीकठाक देखिन्छन् । स्वस्थ एवं तन्दुरुस्त ठानेका व्यक्तिको अप्रत्यासित मृत्यु हुन्छ । यसमा एक कारण हुनसक्छ, साइलेन्ट हार्ट अट्याक्ट । अर्थात कुनैपनि लक्षण बिना नै हृदयघात भएको अवस्था हो यो । साइलेन्ट हार्ट अट्याक्टलाई साइलेन्ट मायोकार्डियल इन्फ्रेक्शन पनि भनिन्छ । यसमा जब कसैलाई हार्ट अट्याक्ट […]

६ कारण, जसले हामीलाई रोगी बनाउँछ

रोग लाग्नु वा रोगी जीवन बाँच्नु आफैमा पीडादायक अवस्था हो । परिवारमा एक जना व्यक्ति मात्र रोगी हुँदा सम्पूर्ण सदस्यको दैनिकी प्रभावित हुन्छ । मानसिक तनाव बढ्छ । हामी चाहन्छौं, स्वस्थ जीवन बाँचौं । सधै निरोगी भएर बाँचौं । सधै तन्दुरुस्त भएर बाँचौं । दीर्घ जीवन बाँचौं । तर, हाम्रो कामना विपरित अनेकथरी रोगले हामीलाई […]

जब हर्मोनको सन्तुलन बिग्रन्छ

हार्मोन भनेको कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो जसले शरीरको अरु भागमा रहेका कोषहरुलाई प्रभावित गर्छ । शरीरको मेटाबोलिज्म र रोग प्रतिरोधी प्रणालीमा हार्मोनको सोझो प्रभाव हुन्छ । हाम्रो शरीरमा सैयौं किसिमका हार्मोन हुन्छन् जसले शरीरका फरक फरक क्रियाहरुलाई नियन्त्रित गर्छन् । कुनै पनि हार्मोनमा हुने थोरै परिवर्तन पनि मेटाबोलिज्मलाई प्रभावित गर्न काफी […]

स्वास्थ्यबारे गलत जानकारी पत्याइरहनुभएको त छैन ?

स्वास्थ्यका समाचार निकै संवेदनशील हुन्छन् । पाठकले पढ्छन्, बुझ्छन्, अनुसरण गर्छन तर प्रतिक्रिया कमले मात्र दिन्छन् । यसमा राजनीतिक बिषय जस्तो बहस कम हुन्छन् । तर समाचार र संदेश स्पष्ट नभए मान्छे गलत निर्णय लिन सक्ने सम्भावना हुन्छन् । त्यसैले यस्ता बिषयमा समाचार संप्रेषण गर्दा विज्ञको राय र अध्ययनले देखाएको तथ्यहरु पनि राख्नु पर्छ । […]