News Summary
Generated by OK AI. Editorially reviewed.- प्यू रिसर्च सेन्टरको अध्ययनअनुसार विश्वभरका दम्पतीहरूबीच औसतमा ४.२ वर्षको उमेरअन्तर रहने गरेको छ।
- बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय र अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोलले उमेरको अन्तर र सम्बन्धविच्छेदबीच कुनै नकारात्मक सम्बन्ध नदेखाएको छ।
- भियना विश्वविद्यालयको अध्ययनमा ५ वर्षको उमेरअन्तर भएका दम्पतीहरूमा सन्तान उत्पादन क्षमता बढी हुने पाइएको छ।
प्रेम र सम्बन्धका कुरा आउँदा उमेरको अन्तरलाई लिएर समाजमा सधैँ बहस हुने गर्छ । प्रायः उमेरमा धेरै फरक भएका जोडीलाई संशयको दृष्टिले हेर्ने गरिन्छ । यद्यपि पछिल्लो समयमा गरिएका अनुसन्धानहरू भने अर्कै तथ्य उजागर गरेका छन् ।
उमेरको अन्तर सोचेजस्तो खराब नहुने मात्र होइन कि कतिपय अवस्थामा यस्ता सम्बन्धहरू बढी टिकाउ हुने समेत पाइएको छ । प्यू रिसर्च सेन्टरको एक अध्ययन अनुसार विश्वभरका दम्पतीहरूबीच औसतमा ४.२ वर्षको उमेरअन्तर रहने गरेको छ ।
उत्तर अमेरिका र युरोपमा यो अन्तर कम भए पनि एसिया र अफ्रिकी मुलुकहरूमा तुलनात्मक रूपमा बढी पाइएको छ । इतिहासलाई हेर्दा पनि पुरुष श्रीमतीभन्दा केही वर्ष जेठो हुने प्रचलन विश्वव्यापी नै देखिन्छ ।
किन हुन्छ उमेरको अन्तर ?
समाजशास्त्री र विकासवादी वैज्ञानिकहरूका अनुसार यसका पछाडि जैविक र सामाजिक कारणहरू छन् । पुरुषहरू अक्सर सन्तान उत्पादनका लागि स्वस्थ र वयस्क जोडी खोज्ने गर्छन् । महिलाहरूले आफ्नो र सन्तानको भविष्यका लागि आर्थिक रूपमा सुरक्षित र परिपक्व जोडी रोज्ने प्रवृत्ति छ । यसले गर्दा उमेरको अन्तर रहने गरेको पाइएको छ ।
भियना विश्वविद्यालयको गरेको एक अध्ययनमा पनि ५ वर्षको अन्तर भएका दम्पतीहरूमा सन्तान उत्पादन क्षमता बढी हुने पाइएको थियो ।
के उमेरको अन्तरले सम्बन्ध टुट्छ ?
उमेरका कारण सम्बन्ध टुट्छ भन्ने एउटा आम धारणा छ । तर, बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय र अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोलको तथ्याङ्क अनुसार उमेरको अन्तर र सम्बन्धविच्छेदबीच कुनै नकारात्मक कुरा फेला परेको छैन ।
बरू ५ वर्ष वा सोभन्दा बढीको अन्तर भएका जोडीहरू समान उमेरका जोडीको तुलनामा केही बढी समय सँगै रहने गरेको पाइएको छ ।
विज्ञहरूका अनुसार सम्बन्ध कति लामो र सुखद् हुन्छ भन्ने कुरा उमेरको अन्तरले भन्दा पनि दुई व्यक्तिबीचको आपसी रुचि, जीवनशैली र एकअर्काप्रतिको सम्मानले निर्धारण गर्ने गर्छ ।
इकोनोमिस्टबाट
प्रतिक्रिया 4