+
+
Shares

विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुण

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १७:५२

नेपालमा भर्खरै निर्वाचन सम्पन्न भएको छ । निर्वाचनले देशको नयाँ नेतृत्व चयन गर्छ । र, ती नेतृत्वहरूले इतिहास रच्न सक्छन् । यही सेरोफेरोमा आज हामी इतिहासमा आफ्नो विचार, साहस र नेतृत्वले महान बनेका केही नेताहरूबारे चर्चा गर्ने छौं:

महात्मा गान्धी

भारतका सर्वमान्य नेता महात्मा गान्धी अहिंसा, सत्याग्रह र नैतिकताका कारण विश्वभर चिनिएका छन् । उनको वास्तविक नाम भने मोहनदास करमचन्द गान्धी हो । उनलाई आज विश्वकै सबैभन्दा प्रभावशाली आध्यात्मिक र राजनीतिक नेता मानिन्छ । उनले भारतलाई बेलायती उपनिवेशनबाट मुक्त गराउन अहिंसात्मक आन्दोलन र सत्याग्रहलाई मुख्य हतियार बनाएका थिए ।

‘भारत छोडो आन्दोलन’को नेतृत्व गर्दै उनले ‘गर या मर’ तरिकाले नेतृत्व गरेका थिए । यही विधिबाट उनले आफ्नो आन्दोलन सफल बनाएका थिए । हातहतियारबिना नै नैतिक बलको आधारमा पनि ठूला साम्राज्यलाई झुकाउन सकिन्छ भन्ने विश्वलाई उनले दिललाए ।

उनको सादा जीवन र उच्च विचारको चर्चा विश्वभरी नै हुन्छ ।

नेल्सन मन्डेला

दक्षिण अफ्रिकाका नेल्सन मन्डेला लामो समय दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्धको लडाइँमा लागेका व्यक्ति हुन् । यही कारण उनी २७ वर्षसम्म जेल बस्नुपर्‍यो । तर, उनको लडाइँ सत्यको पक्षमा थियो । उनले सदा समानता र मानव गरिमाका लागिप लडिरहे । यही कारण उनी दक्षिण अफ्रिकाको लोकतान्त्रिक रूपमा निर्वाचित पहिलो अश्वेत राष्ट्रपति समेत बने ।

यसरी उनले लामो समयसम्म अफ्रिकी नेशनल कांग्रेसमार्फत जातीय विभेद विरुद्ध सशस्त्र र शान्तिपूर्ण दुवै प्रकारका संघर्ष गरे । जेलबाट निस्किएपछि उनले श्वेत र अश्वेत नागरिकबीचको खाडल पुर्न ‘सत्य र मेलमिलाप आयोग’ गठन गरे ।

आज धेरैले उनको ‘क्षमा दिने’ गुणबारे पनि बखान गर्छन् । दशकौँसम्म जेलमा यातना भोगे तर जेलबाट निस्किएपछि उनले बदलाकको भावना राखेनन् । आफूलाई दमन गर्नेहरू विरुद्ध बदला लिनुको सट्टा ‘मेलमिलाप’को बाटो रोजे । शत्रुलाई पनि मित्र बनाउन सक्ने उनको त्यो क्षमताले दक्षिण अफ्रिकामा हुनसक्ने सम्भावित गृहयुद्ध टर्‍यो । र एउटा नयाँ राष्ट्रि निर्माण भयो ।

अब्राहम लिंकन

अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिंकनले देशलाई गृहयुद्ध जस्तो इतिहासकै कठिन मोडबाट बचाएर मानवताविरोधी ‘दास प्रथा’लाई कानुनी रूपमै अन्त्य गरेका थिए । जुन काम उनले सन् १८६३ मा गरेका थिए ।

तर, उनको जीवनलाई नजिकबाट हेर्दा हामीले संघर्ष, गरिबी र बारम्बारका असफलताहरू पाउन सक्छौं । त्यति हुँदा पनि उनले कहिल्यै हार मानेनन् । बरु दृढ संकल्प लिएर छिन्नभिन्न हुन लागेको अमेरिकालाई एकताबद्ध गरिराखे ।

त्यही इमान्दारीता र साधारण नागरिकप्रतिको संवेदनशीलता अहिले उनको चिनारी बनेको छ ।

विन्स्टन चर्चिल

दोस्रो विश्वयुद्धको सबैभन्दा अप्ठ्यारो समयमा बेलायत र मित्र राष्ट्रहरूको नेतृत्व गर्ने विन्स्टन चर्चिल आफ्नो समयका सबैभन्दा प्रभावशाली वक्ता र निडर नेता थिए । नाजी जर्मनीले पूरा युरोप कब्जा गरिरहेको समयमा बमबारीदेखि बेलायत पनि अछुत थिएन । त्यहाँ पनि नाजी जर्मनीहरूले उस्तै आक्रमण गरिरहेका थिए । त्यस्तोमा चर्चिलले प्रतिवाद गर्न रुस र अमेरिकासँग रणनीतिक गठबन्धन बनाए ।

उनको महानता भाषणमा थियो । उनी आफ्ना भाषणहरूमार्फत निराश बेलायती जनतामा आशा भर्ने सामर्थ्य राख्थे । त्यही कार‌ण पनि आफ्नो देशलाई उनले अर्काको हातमा पर्न नदिएका हुन् ।

ली क्वान

नेपाली राजनीतिकमा सबैभन्दा बढी चर्चा गरिने राजनीतिज्ञमा ली क्वान यू पनि पर्छन् । दूरदर्शीता, अनुशासन र व्यावहारिकता उनको पहिचान हो । धेरैले उनलाई आधुनिक सिंगापुरका पिता पनि मान्ने गर्छन् ।

किनकि उनले एउटा सानो, स्रोतसाधनविहीन र द्वन्द्वग्रस्त टापुलाई विश्वको सबैभन्दा विकसित, सुरक्षित र समृद्ध राष्ट्रमा रूपान्तरण गरेका हुन् । मलेसियाबाट स्वतन्त्र भएपछि सिङ्गापुर आफ्नो कठिन समयमा जुधिरहेको थियो । त्यस्तोमा उनले त्यहाँको बागडोर सम्हाले ।

विश्वका ठूला कम्पनीहरूलाई आकर्षित गर्न उत्कृष्ट पूर्वाधार, शिक्षा र कानुनी शासनको जग बसाले । बहुजातीय समाजमा सद्‍भाव कायम गर्न आवश्यक कानुन र सामाजिक नीतिहरू लागू गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?