+
+
Shares

पछिल्लो समय युवा पुस्तामा लोकप्रिय कार्डिगन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १४:२२

पछिल्लो समय नेपाली युवा पुस्तामा कार्डिगन फेसनको नयाँ लहर चलेको छ । आराम, न्यानोपन र स्टाइलको सन्तुलन मिलाउने यो पोसाक जाडो मौसममा मात्र होइन, अफिसदेखि कलेज र क्याजुअल आउटिङसम्म लोकप्रिय बन्दै गएको छ । ग्लोबल ट्रेन्डसँगै स्थानीय बजारमा बढ्दो उपलब्धताले कार्डिगन युवाहरूको रोजाइमा परेको छ ।

फ्लोरल, क्रोशिया, ओभरसाइज्डदेखि क्लासिक बटनअप डिजाइनसम्मका विकल्पहरूले युवाहरूलाई आफ्नै स्टाइल अभिव्यक्त गर्ने अवसर दिएका छन्, जसले कार्डिगनलाई फेसनको बहुमुखी र ट्रेन्डी विकल्प बनाएको छ।

नेपालमा कार्डिगनको लोकप्रियता बढ्नुका मुख्य कारणहरू यस्ता छन्

आराम र मौसम अनुकूलता

जाडो मौसममा कार्डिगनले न्यानोपन दिन्छ तर कोट जस्तो भारी हुँदैन । युवाहरूले यसलाई लेयरिङका लागि प्रयोग गर्छन् । कर्डिगनलाई टी–शर्ट वा हाइनेकमाथि लगाएर सजिलै अफिस, कलेज वा घुमफिरमा जान सकिन्छ ।

कम्फर्ट र स्टाइलको मिश्रण

युवा पुस्ता विशेष गरी जेनजी र मिलेनियलले ‘कम्फर्टेबल फेसन’ लाई प्राथमिकता दिन्छन् । कार्डिगनले क्याजुअल देखाउँछ तर राम्रोसँग स्टाइल गर्दा प्रोफेसनल लुक पनि लाग्छ । सोसल मिडियामा टिकटक, इन्स्टाग्राममा नेपाली इन्फ्लुएन्सरहरूले कार्डिगनलाई ट्रेन्डी बनाएका छन् । जस्तै भि–नेक, ओभरसाइज्ड वा क्रोशे डिजाइनहरू पछिल्लो समय लोकप्रिय छन् ।

सस्तो र उपलब्धता

नेपालका बजारहरू न्यूरोड, असन, दरबारमार्ग, बानेश्वर मा १००० देखि ३००० रुपैयाँसम्म विभिन्न डिजाइनका कार्डिगन सजिलै पाइन्छन् । लोकल ह्यान्डक्राफ्टेड क्रोशिया, जाली वर्क र इम्पोर्टेड दुवै छन् । यो मूल्यमा राम्रो गुणस्तर पाइने भएकाले युवाहरूले सजिलै किन्छन्।

ग्लोबल ट्रेन्डको प्रभाव

विश्वव्यापी रूपमा २०२५–२०२६ मा कार्डिगन फर्किएको छ । क्रप्ड, सिन्च्ड वेस्ट, बाक्लो बुनाइ, गाढा÷चटकिला रङहरू पछिल्लो समय लोकप्रिय छन् । नेपाली युवाहरूले टिकटक र इन्ट्राग्राम मार्फत यी ट्रेन्ड फलो गर्छन् र लोकल रूपमा अनुकूल बनाउँछन् । नेपालमा हातले बनाएको उनको कार्डिगन पनि लोकप्रिय छन्।

लुकलाई स्टाइलिश बनाउन ट्रेन्डी कार्डिगनहरू

कम्फर्टेबल तर प्रोफेसनल देखिन चाहने हो भने कार्डिगन उत्कृष्ट विकल्प हो ।

१. फ्लोरल वा क्रोशिया डिजाइन कार्डिगन

क्रिएटिभ र फेमिनाइन लुकका लागि । विभिन्न रंगको फ्लोरल प्रिन्ट वा क्रोशिया (हातले बुनेको) कार्डिगन सेतो टप वा पाइन्टसँग लगाउन सकिन्छ । अफिसमा लाइट कलर प्रयोग गर्दा सुन्दर देखिन्छ ।

२. जाली लेस वर्क कार्डिगन

ट्रेन्डी र फेन्सी । एउटै ऊनबाट बनेको, नेकलाइनमा डिजाइन र अगाडि चेन भएको कार्डिगन जिन्स वा स्लिम पाइन्टसँग लगाउँदा कुल देखिन्छ । अफिस क्याजुअलका लागि उपयुक्त हुन्छ ।

३. लिफ डिजाइन वा एम्ब्रोइडरी कार्डिगन

लिफ डिजाइन वा एम्ब्रोइडरी कार्डिगन सिंपल तर एलिगेन्ट हुन्छन् । माथिल्लो भागमा मात्र डिजाइन, तल प्लेन हुने यस्ता कार्डिगन जिन्स वा फर्मल पाइन्टसँग लगाउँदा प्रोफेसनल लुक दिन्छ ।

४. ब्लक डिजाइन वा कलर ब्लक कार्डिगन

ब्लक डिजाइन वा कलर ब्लक कार्डिगन अफिस लुकका लागि उपयुक्त विकल्प हुन सक्छन् । यस्ता कार्डिगन धेरै रङ र विकल्पमा उपलब्ध हुन्छन् । यो कालो, निलो, खैरो कुनै पनि कलरको जिन्स वा ट्राउजरसँग मेल हुन्छ ।

५. क्लासिक बटनअप कार्डिगन

क्लासिक बटनअप कार्डिगन पछिल्लो समय सबैभन्दा लोकप्रिय छ । यो ऊन वा एक्रिलिकबाट बनेको हुन्छ र अगाडि बटन भएको हुन्छ । टी–शर्ट माथि लगाएर जिन्स÷स्कर्टसँग पेयर गर्न सकिन्छ । यो प्रोफेसनल र न्यानो दुवै हुन्छ ।

६. कलर कार्डिगन

चौडा कलर भएको, कलर कार्डिगनले पनि फरक लुक दिन्छ । पातलो कपडाबाट बनेको भए गर्मीमा पनि लगाउन सकिन्छ । ड्रेस वा स्कर्टसँग मिलाएर लगाउँदा फरक लुक दिन्छ ।

७. लामो कार्डिगन

पूर्ण शरीर ढाक्ने लामो कार्डिगन जाडोमा उत्कृष्ट हुन्छ । लेगिङ्स वा जिन्ससँग लगाउँदा स्टाइलिश र स्लिम देखिन्छ । अफिसमा लामो कार्डिगनलाई बेल्ट बाँधेर लगाउन सकिन्छ ।

८. चंकी नेट कार्डिगन

मोटो ऊन, ठूला प्वाल भएको चंकी नेट कार्डिगन क्याजुअल अफिस वा वर्कका लागि राम्रो हुन्छ । जिन्स वा योगा पाइन्ट्ससँग पनि यसलाई स्टाइल गर्न सकिन्छ ।

९. बेल्ट भएको कार्डिगन

यस डिजाइनको कार्डिगनले कम्मरमा बेल्टले आकार उजागर गर्छ । अफिस मिटिङ वा फर्मलका लागि यो राम्रो विकल्प हुन्छ । पाइन्ट्स वा स्कर्टसँग लगाउँदा प्रोफेसनल देखिन्छ ।

कार्डिगन बहुमुखी कपडा हो । आरामदायी, स्टाइलिश र हरेक अवसरमा सुहाउँछ । नेपालमा यो ट्रेन्ड बढ्दै छ, त्यसैले आफ्नो स्टाइल अनुसार छानेर लगाउन सकिन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?