+
+
Shares

प्रतिनिधिसभामा नयाँ समीकरण : रास्वपा दुई तिहाइबाट २ सिट टाढा

रास्वपा संसदको सबैभन्दा ठूलो दलको रुपमा उदाएको छ । ऊ दुई तिहाइ बहुमतबाट मात्र दुई सिटले टाढा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १४:०८

२७ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सकिएसँगै आगामी संसद्को नयाँ समीकरण तयार भएको छ ।

प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने भएपछि उसले कुल १८२ सिट पुग्ने निश्चित भएको छ । रास्वपा संसदको सबैभन्दा ठूलो दलको रुपमा उदाएको छ । ऊ दुई तिहाइ बहुमतबाट मात्र दुई सिटले टाढा रह्यो । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ ।

निर्वाचन आयोगले  आयोगले समानुपातिक मतको आधारलाई समेत लिएर सिट निर्धारण गरेपछि मात्र यकिन संख्या आउनेछ । तर  आयोगले सिट विभाजनका  लागि प्रयोग गर्ने ‘सेन्ट लग  फर्मुला’मा राखेर अहिले दलहरूले प्राप्त गरेको मतको आधारमा सिट बाँडफाँट गर्दा उसको प्रत्यक्ष र समानुपातिक दुवैबाट कूल १८२ सिट पुग्ने देखिएको हो ।

रास्वपाले समानुपातिकमा कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ मत मध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत ल्याएको छ । यो कुल मतको करिब साढे ४७ प्रतिशत भन्दा बढी हो ।

अरु दलले कति सिट पाए ?

दोस्रो पार्टीको रुपमा रहेको नेपाली कांग्रेसले समानुपातिकमा २० सिट पाउने देखिएको छ । कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ । कांग्रेसले १७ लाख ५४ हजार ५२ मत ल्याएको छ । प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा कांग्रेसको ३८ सिट हुने देखिएको छ । गत चुनावको भन्दा करिब आधा बढी कम सिट हो । यसअघि कांग्रेसको ८९ सिट थियो ।

एमालेले समानुपातिकबाट १६ सिट पाउने देखिएको छ । उसले प्रत्यक्षमा ९ सिट जितेको छ । अब प्रतिनिधि सभा २५ सिट हुनेछ  । यो संख्या गत प्रतिनिधि सभाको भन्दा तेब्बर कम सिट हो ।

यसअघि एमालेको  ७९ सिट थियो । गत चुनावमा समानुपातिकमा पहिलो बढी मत ल्याउने दल रहेको एमाले यसपटक  ५० प्रतिशत मत गुमाउँदै १४ लाख ५१ हजार ७५९ मा सीमित भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकमा ९ सिट पाउने देखिएको छ । उसले प्रत्यक्षमा ८ सिट जितेको छ । अब प्रतिनिधिसभामा नेकपाको १७ सिट हुनेछ । नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ८ लाख ८ हजार ५ सय ८२ मत पाएको छ ।

यो प्रतिनिधिसभामा श्रम संस्कृति र राप्रपाले समानुपातिकमा  ४/४  सिट पाउने देखिएको छ । श्रम संस्कृतिले ३ सिट प्रत्यक्षमा जितेकाले अब उसको  कुल ७ सिट हुनेछ । राप्रपाले प्रत्यक्षमा एक सिट जितेकाले कुल ५ सिट हुनेछ ।

श्रम संस्कृति चार महिना अघि मात्र गठन भएको पार्टी हो ।  यो चुनावबाट उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीले भने कुनै सिट ल्याउन सकेनन् । समानुपातिकमा पनि तीन प्रतिशत मतको थ्रेस होल्ड कटाएनन् ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिँदै अब त्यसको सिट बाँडफाँटको काम अगाडि बढ्ने बताए ।

‘अब दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुन्छ । सिट तय भएपछि त्यसआधारमा सम्बन्धित दलहरूलाई तीन दिन भित्र समानुपातिक तर्फको बन्दसूचीमा रहेका नाममध्येबाट सिफारिस गर्न पत्र लेखिनेछ’ सूचना अधिकारी घिमिरेले भने ।

दलहरूले सिफारिस गरेको के कति मिल्यो वा मिलेन भनेर निर्वाचन आयोगले पुन: हेर्दछ र अगाडि बढाउँछ । त्यसपछि निर्वाचन आयोगले समानुपातिक सांसदहरुलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।

६ दल बने राष्ट्रिय पार्टी

समानुपातिक निर्वाचन प्रणालीबाट सिट पाउने ६ वटा पार्टी हुने भएका छन् । जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै छन् ।

यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दलमा श्रम संस्कृति पार्टी रहेको छ । यो हर्क साम्पाङ नेतृत्वको पार्टी हो । चार महिना अघि खुलेको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ भने समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाएको छ ।

बाँकी राष्ट्रिय दलको मान्यत पाउने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् । यी चार दल विघटित प्रतिनिधि सभामा पनि राष्ट्रिय दलको रुपमा रहेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?