+
+
Shares

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ थाल्न आदेश दिएको छ।
  • न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो।
  • महान्यायाधिवक्ता सविना भण्डारी बरालले रविविरुद्धको आरोपपत्र संशोधन गर्दै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सरकारी वकिललाई निर्देशन दिएकी थिइन्।

२७ फागुन, काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ थाल्न आदेश दिएको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो । सुनुवाइ सुरु भएको दुई/तीन दिनमै सर्वोच्च अदालतले आफ्नो आदेश सुनाउनेछ ।

महान्यायाधिवक्ता सविना भण्डारी बरालले रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने र त्यसक्रममा संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई निर्देशन दिएकी थिइन् ।

त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मीसहित तीन जना र युवराज पौडेलले निवेदन दर्ता गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?