+
+
Shares

सुचेता प्याकुरेलको दृष्टिमा रास्वपाको सत्तायात्रा (भिडियो)

अहिलेको यो चुनाव हेर्दाखेरि परिणाम चाहिँ जनताले चाहेजसरी आउँदो रहेछ भन्ने कुरा प्रमाणित भएको छ। खराब शासनको परिणाम मतदाताले दिन्छन् भन्ने कुरा नेपालमा फेरि एकपटक राम्रोसँग पुष्टि भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते २२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजनीतिशास्त्री सुचेता प्याकुरेलले खराब शासनको परिणाम मतदाताले दिन्छन् भन्ने कुरा नेपालमा फेरि एकपटक पुष्टि भएको बताइन् ।
  • रास्वपामा बालेन शाहको प्रवेशले पार्टीको लोकप्रियता बढाएको र पुराना दलहरूप्रतिको वितृष्णा मुख्य कारण भएको उनले उल्लेख गरिन् ।
  • प्याकुरेलले कांग्रेसले परिवर्तनको विश्वास दिलाउन नसकेको र एमालेको लोकतान्त्रिक आचरण नहुँदा हार व्यहोर्नु परेको बताइन् ।

राजनीतिशास्त्री सुचेता प्याकुरेलले रास्वपाले प्रधानमन्त्री प्रस्ताव गरेका बालेन शाहको विजय र यसको पृष्ठभूमिबारे गत शुक्रबार अनलाइनखबरसँग कुराकानी गरेकी थिइन् । खराब शासनको परिणाम मतदाताले दिन्छन् भन्ने कुरा नेपालमा फेरि एकपटक राम्रोसँग पुष्टि भएको उनको विचार छ ।

मतगणना जारी छँदा यो वार्ता लिइएको थियो जसका केही तथ्य अहिले बदलिए पनि मूल निष्कर्ष समान छन् ।

राजनीतिशास्त्री प्याकुरेलसँग वार्ताका केही प्रसंग यहाँ उल्लेख छन् । बाँकी भिडियोमा –

चुनाव नतिजालाई कसरी हेर्नुभएको छ ?

यो चुनाव हावाहुरी मात्रै हो कि के हो भन्नेहरु पनि थिए । कतिपयले त मलाई साच्चै चुनावमा भरोसा छ भनेर प्रश्न पनि गर्थे। तरअहिलेको यो चुनाव हेर्दाखेरि परिणाम चाहिँ जनताले चाहेजसरी आउँदो रहेछ भन्ने कुरा प्रमाणित भएको छ। खराब शासनको परिणाम मतदाताले दिन्छन् भन्ने कुरा नेपालमा फेरि एकपटक राम्रोसँग पुष्टि भएको छ।

हामी जहिले पनि ‘बेस्ट प्राक्टिस‘ को लागि बाहिरी देशविशेषगरी पश्चिमा मुलुकहरूतर्फ हेर्छौँ। तरअहिले नेपालले नै लोकतन्त्रक्रान्ति र अन्तरिम सरकारको सन्दर्भमा राम्रो नतिजा को उदाहरण प्रस्तुत गरिरहेको छ। भोलि के हुन्छ थाहा छैनतर अहिलेसम्म हाम्रो क्रान्तिले विश्व नागरिक समाजको ध्यान खिचेको छ। यसपछिको अन्तरिम सरकारले पनि डेलिभरी दिएको छ। यी सब कुराहरू हेर्दा म चुनाव हुन्छ कि हुँदैन भन्ने कुरामा अलिकति आशावादी थिएँ।

राजनीतिक रूपान्तरण भएका कतिपय देशहरूमा चुनाव हुन गाह्रो भएको देखिन्छ। तर नेपालमा चुनाव हुनु नै एउटा ठूलो सफलता जस्तो भयोत्यो पनि शान्तिपूर्ण रूपमा।

होत्यसैले यो चुनावको पहिलो विजेता त अन्तरिम सरकारकी प्रमुख सुशीला कार्की नै हुनुहुन्छ। यो उहाँको लागि ठूलो जित हो। उहाँले पहिलो महिला प्रधानमन्त्रीको रूपमा सफलतापूर्वक चुनाव गराएर ‘महिलाले गर्न सक्दैनन्‘ भन्ने मानसिकतालाई चिर्नुभएको छ। हामी जस्ता व्यावसायिक महिलाहरूलाई पनि यसले ठूलो गर्व महसुस गराएको छ।

अर्को कुराचुनावले दिएको ‘म्यान्डेट‘ (जनादेश) पनि निकै महत्त्वपूर्ण छ। यसले राजनीतिक दलहरूको खराब कामको परिणाम हुँदो रहेछ भन्ने स्पष्ट सन्देश दिएको छ। नेपाली मतदाताहरू निकै परिपक्व भएका छन् भन्ने कुरा यसले देखाउँछ।

अरु बेला जे सुकै गुनासो गरे पनि खासमा जनताले मत बदल्दैनन् भन्ने गरिन्थ्यो । चुनावमा त कति उम्मेदवार त्यो भन्दा भिन्न किसिमले जिते नि ?

होउम्मेदवार नै चिनेका छैनन्। यो एउटा लहर आयो। मतदाताहरूले पटक-पटक चान्स दिएका थिएतर पुराना दलहरूले ‘पफर्म‘ (काम) गर्न सकेनन्। भ्रष्टाचारखराब शासन जस्ता कुराहरूबाट मान्छे आजित भइसकेका थिए। यो जनादेश त्यही आजितपनाको परिणाम हो।

पार्टीमा सुधार हुन नसक्दा र सरकारमा हुँदा सुशासनको अनुभूति दिलाउन नसक्दा आज यो परिणाम आयो। रास्वपामा बालेन शाहको प्रवेशले कस्तो प्रभाव पार्‍यो?

रास्वपा एउटा ‘पोलिटिकल अपस्टार्ट‘ (नयाँ राजनीतिक शक्ति) हो। यो परम्परागत राजनीतिक दल जस्तो कुनै स्पष्ट वैचारिक सूत्रमा बाँधिएको छैन। बालेन शाहको प्रवेशले यस पार्टीको पपुलारिटीलाई अझ बढाइदियो।  

यो लहर विश्वासको कारणले हो कि पुराना दलहरूप्रतिको वितृष्णाले?

मेरो विचारमा यो विश्वासभन्दा पनि पुराना दलहरूप्रतिको वितृष्णाको परिणाम हो। नयाँ पुस्ताका नेताहरूले केही गर्छन् कि भन्ने आशा पनि होलाउनीहरू कम्तीमा भ्रष्टाचारको दागबाट मुक्त छन्। तर समग्रमा हेर्दा वितृष्णाको पल्ला भारी देखिन्छ।

रवि लामिछाने पनि पहिलेदेखि नै लोकप्रिय नै थिए । अहिले बालेन पनि आएपछि पार्टीको लोकप्रियता कसरी अझ बढ्यो?

राजनीतिमा कहिलेकाहीँ ‘भिक्टिमहुड‘ (पीडित हुनु) ले पनि ठूलो भूमिका खेल्छ। रविजी पटक-पटक कारागारमा पर्नुभयोजसले गर्दा मान्छेहरूले उहाँलाई ‘पोलिटिकल अन्डरडग‘ को रूपमा हेर्न थाले। यसले उहाँको लोकप्रियतालाई अझ बढाइदियो।

बालेन र रवि मिलेर यो लोकप्रियतालाई कसरी थाम्नुहोला?

उहाँहरूलाई शुभकामना छथाम्नुपर्छ। जनताको यति ठूलो आशा छयसलाई निराशामा परिणत गर्न हुँदैन।

अब नेपाली कांग्रेसको कुरा गरौँ। भर्खरै नेतृत्व बदलेर आएको कांग्रेसले किन यति नराम्रो हार व्यहोर्नुपर्‍यो?

दुई-तीनवटा कुरा छन् जस्तो लाग्छ। पहिलोकांग्रेसले साँच्चिकै परिवर्तन गर्दैछ भन्ने कुरामा जनतालाई विश्वस्त गराउन सकेन। एकातिर परिवर्तनको कुरा गर्नेअर्कोतिर उम्मेदवारहरू ‘पोचिङ‘ (खोस्ने) गर्ने काम भयो। दोस्रोगगनजीको फ्याक्टरले आशा त दिएको थियोतर त्यो फ्याक्टर पार्टीभित्र अझै पनि सानो छ। पुरानो संस्थापन पक्षलाई उहाँले अझै पनि पूर्ण रूपमा विश्वासमा लिन सक्नुभएको छैन।

रास्वपाको लहर यति बलियो थियो कि कांग्रेसले राम्रो गरेको भए पनि जित्न गाह्रो नै हुन्थ्यो जस्तो देखिन्छ।

होहामी अलिकति बढी आशावादी भएका थियौँ कि गगनजीको नेतृत्वले केही परिवर्तन ल्याउँछ। तरनयाँ शक्तिको लहरले गगनजीको फ्याक्टरलाई पूर्ण रूपमा ओझेलमा पारिदियो।

एमालेको अवस्था पनि त्यस्तै छ। अघिल्लो चुनावमा सबैभन्दा ठूलो पार्टी भएको एमाले अहिले यति धेरै रक्षात्मक अवस्थामा पुग्नुको कारण के होला?

यो लोकतन्त्र हो, ‘अलिगार्की‘ (कुलीनतन्त्र) होइन। केपी ओलीले पार्टीभित्र जसरी ‘बाइ हुक अर बाइ क्रुक‘ आफ्नो वर्चस्व कायम गर्नुभयोत्यो लोकतान्त्रिक आचरण थिएन। बाहिरबाट मत पाउनको लागि लोकतान्त्रिक आचरण हुनुपर्छ। अहिलेको ‘हाइपर-कनेक्टेड‘ विश्वमा म नै सर्वेसर्वा हुँ भन्ने ‘प्याट्रोनाइजिङ‘ व्यवहार चल्दैन।

यो चुनावले नेपालको वामपन्थी भोट बैंकलाई कसरी असर गरेको छ?

वामपन्थी दलहरूले आफ्नो सिद्धान्तअनुसार काम गर्न सकेनन्। उनीहरूले पुँजीवादी र नव-उदारवादी नीतिहरूलाई अपनाएजसले गर्दा जनतामा वितृष्णा पैदा भयो। बोलाई र गराईमा फरक भएपछि जनताले पत्याउँदैनन्।

राप्रपाको अवस्था के भयो?

राजतन्त्रको एजेन्डा अहिले ओझेलमा परेको जस्तो देखिन्छ। राप्रपाका प्रमुख नेताहरू नै पछाडि परेका छन्। यसले राजतन्त्रवादीहरूको म्यान्डेटमाथि नै प्रश्नचिह्न खडा गरेको छ।

 क्षेत्रीय पार्टीहरूको अवस्था पनि धर्मराएको देखिन्छ नि?

उनीहरूले जुन पहिचानको मुद्दा उठाएका थिएत्यसलाई सत्ताको खेलमा कम्प्रोमाइज गरे। जसले गर्दा जनतामा उनीहरूप्रति पनि वितृष्णा पैदा भयो।

यो चुनावको परिणाम क्रान्तिपछिको चुनाव जस्तो देखिन्छजहाँ नयाँ शक्तिहरू हाबी हुन्छन्।

होक्रान्तिले पुरानोलाई फाल्ने र नयाँलाई ल्याउने म्यान्डेट दिन्छ।

रास्वपाले अब के गर्नुपर्छ?

उहाँहरूले अब साच्चिकै नयाँ तरिकाले काम गर्नुपर्छ। बाहिरबाट नीतिहरू ल्याएर यहाँ लाद्ने होइनस्थानीय समस्याहरू बुझेरस्थानीय समुदायहरूसँग सल्लाह गरेर नीतिहरू बनाउनुपर्छ।

यो चुनावको कुनै रोचक पक्ष सेयर गर्न चाहनुहुन्छ?

रन्जु दर्शनाको जित निकै प्रेरणादायी छ। उहाँले जसरी आफ्नो राजनीतिक यात्रा अगाडि बढाउनुभयो र अहिले सफलता हासिल गर्नुभयोत्यो साँच्चिकै प्रशंसनीय छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?