+
+
Shares

यी हुन धनकुटामा सय मत पनि नल्याउने ६ जना उम्मेदवार

यहाँ प्रतिनिधिसभा सदस्यका बन्नका लागि १७ जनाले उम्मेदवारी दिएका थिए । तर, ६ जना उम्मेदवारले त सय मत पनि पुर्‍याउन सकेनन् ।

ईश्वर थापा ईश्वर थापा
२०८२ फागुन २४ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत १७ उम्मेदवारमध्ये ६ जनाले सय मत पनि प्राप्त गर्न सकेनन्।
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लगायत पाँच दलका उम्मेदवारले एक हजारभन्दा कम मत पाएका छन्।
  • धनकुटाको एक निर्वाचन क्षेत्रमा एमालेका राजेन्द्र राईले १८ हजार १ सय ३२ मत पाएर विजयी भएका छन्।

२४ फागुन, धनकुटा । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज मतगणना पनि सम्पन्न भइसकेको छ । यहाँ प्रतिनिधिसभा सदस्यका बन्नका लागि १७ जनाले उम्मेदवारी दिएका थिए ।

तर, ६ जना उम्मेदवारले त सय मत पनि पुर्‍याउन सकेनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको यहाँ नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गनाइजेशन र दुई जना स्वतन्त्र उम्मेदवारले एक सय मत कटाउन नसकेका हुन् ।

धनकुटामा खसेको ६४ हजार ९१ मतमध्ये नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मीले २२, आम जनता पार्टीका प्रेमबहादुर थापाले ५५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्लीले ६५ मत मात्रै पाएका हुन् ।

यस्तै मंगोल नेशनल अर्गनाइजेशनका सागर राईले ५ मत र स्वतन्त्र उम्मेदवारहरु मनकुमार योञ्जनले ५६ र जीतेन्द्र राईले ९१ मत मात्रै पाएका हुन् ।

यस्तै ५ जना उम्मेदवारले एक हजारभन्दा कम मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । एक हजार भन्दा कम मत पाउनेमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी), राष्ट्रिय परिवर्तन पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले एक हजार मत कटाउन नसकेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रविन कुमार राईले १ सय ३२, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राईले २ सय २१, जनता समाजवादी पार्टीका निशान राईले २ सय ३८, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बूले ४ सय ३१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापाले ७ सय ३ मत मात्रै पाएको निर्वाचन कार्यालयले जनाएको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा एमाले उम्मेदवार राजेन्द्र राई १८ हजार १ सय ३२ मत पाएर विजयी भएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?