+
+
Shares

धनकुटामा ५० प्रतिशत बढी मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचनको बिहीबार भएको मतदानमा धनकुटामा ५० प्रतिशत भन्दा बढी मत खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानमा ५० प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृतले जानकारी दिनुभयो।
  • धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता रहेको र १ सय १९ मतदानस्थलमा १ सय ६६ मतदान केन्द्र तोकिएको थियो।
  • मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर मत गणना सुरु गर्ने समय टुंगो लगाइने मुख्य निर्वाचन अधिकृतले बताउनुभयो।

धनकुटा, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको बिहीबार भएको मतदानमा धनकुटामा ५० प्रतिशत भन्दा बढी मत खसेको छ । १ लाख १८ हजार ४ सय २५ मतदाता रहेको जिल्लामा ५० प्रतिशतभन्दा माथि मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कति मत खस्यो भनेर संकलनको काम भइरहेको र ५० प्रतिशतभन्दा बढी मत खस्यो भन्ने अनुमान रहेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिए । उनले मतदान सकिएको करिब डेढ घण्टापछि पनि तथ्यांक संकलनको काम भइरहको बताएका हुन् । मतदान अधिकृतहरु बाटामा भएकाले तथ्यांक संकलनमा ढिलाइ भएको र प्रहरी मार्फत तथ्यांक संकलन भइरहेको उनको भनाइ छ ।

धनकुटामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता छन् । जिल्लामा मतदानका लागि १ सय १९ मतदानस्थलम १ सय ६६ मतदान केन्द्र तोकिएको थियो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिएको हो । निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना परिचालन गरिएको थियो । मतदान केन्द्रहरुमा १ हजार २ जना कर्मचारी खटाइएको थियो ।

मतदान सकिएपछि अहिले धनकुटा सदरमुकामको सामुदायिक भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने काम भइरहेका छ ।

जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सकिएको र राति १० बजेसम्म मतपेटिका संकलन भइसक्ने प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए । उनले नजिक क्षेत्रका मतपेटिका आइपुगेका छन् भने टाढाको मतपेटिका आउँन मध्यरातसम्म लाग्ने देखिएको छ ।

सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मत गणना थाल्ने समयको टुंगो लगाइने छ । सम्भवत बिहीबार राती वा शुक्रबार बिहानसम्ममा मतगणना थालिने मुख्य निर्वाचन अधिकृत इङनामले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?