+
+
Shares

धनकुटामा होली सुनसान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १६:२२

१८ फागुन, धनकुटा । धनकुटामा यो वर्ष होली सुनसान बनेको छ । धनकुटाका मदन चोक, भीमसेन थान, परिचय मोड लगायतका ठाउँ होलीमा सधैँ साँस्कृतिक कार्यक्रमले गुञ्जिन्थे ।

तर यस वर्ष निर्वाचनको पूर्व सन्ध्यामा होली परेकोले मानिसहरु होलीमा रमाउन नचाहेको देखिन्थ्यो ।

विद्यालय तथा क्याम्पस बिदा रहेको र कर्मचारीहरू पनि निर्वाचन खटिएका तथा दलका नेता कार्यकर्ता घरदैलोमा व्यस्त भएकाले होली सुनसान बनेको हो ।

होली सुनसान बनेपछि यसको असर व्यापारीहरूले पनि झेलेका छन् । गत वर्ष ५ सय टिसर्ट बिक्री गरेका रोशन श्रेष्ठले यस वर्ष १० वटा पनि बिक्रि नभएको बताए । निर्वाचनको कारण होलीको रौनक नै नभएर टिसर्टमा घाटा लागेको श्रेष्ठले बताए ।

धनकुटामा केही बालबालिका मात्रै होली मनाउन सडकमा उत्रिएका छन् । निर्वाचनमा असर पर्ने भन्दै प्रशासनले कुनै कार्यक्रम नगर्न भनेपछि धनकुटामा होली सुनसान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?