+
+
Shares

धनकुटामा २ वटा अस्थायी मतदान केन्द्र, २३०० अस्थायी मतदाता कायम

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते ८:५०

६ फागुन, धनकुटा । धनकुटामा फागुन २१ गते हुने निर्वाचनका लागि २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि यी केन्द्रहरु निर्धारण गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार जिल्ला कारागार र गोकुण्डेश्वर मावि धनकुटा-६ सिरानबजारमा अस्थायी मतदान केन्द्र तोकिएको हो ।

कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिने भएको छ भने गोकृण्डेश्वर मतदान केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने कार्यालयका प्रमुख माधव अधिकारीले जानकारी दिए ।

धनकुटा जिल्लामा २ हजार ३०८ जना अस्थायी मतदाताको तथ्याङ्क सार्वजनिक भएको छ । जसमा ७६ जना कैदीबन्दी र २ हजार २ सय ३२ जना कर्मचारी र सुरक्षाकर्मीहरु अस्थायी मतदाता रहेका छन् ।

उनीहरुको अस्थायी मतदाता नामावलीमा नाम स्वीकृत भइसकेको अधिकारीले जानकारी दिए । ‘निर्वाचनमा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको उपस्थिति शत प्रतिशत हुने देखिन्छ,’ उनले भने, ‘तर गोकुण्डेश्वर माविमा रहने केन्द्रमा भने थोरै मात्र उपस्थिति हुने छन् । किनभने निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सहित गरेर २ हजार २ सय ३२ जनाको नामावली रहेको छ ।’

निर्वाचनमा खटिने कर्मचारीले सम्बन्धित मतदान केन्द्रमै भोट हाल्ने सुविधा दिइएको छ । अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्र मत हाल्न पाउने व्यवस्था रहेको छ । अस्थायी मतदातालाई प्रत्यक्ष तर्फका उम्मेदवारलाई भोट हाल्ने सुविधा नरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?