+
+
Shares

धनकुटामा कांग्रेस उम्मेदवारको घरदैलो : पुरुषलाई टोपी, महिलालाई रुद्राक्षको माला उपहार

धनकुटाको मदन चोकबाट सुरु भएको घरदैलोमा राईले भेटेका जति मानिसलाई टोपी र रुद्राक्षको माला लगाइदिँदै मत मागेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १४:२५

४ फागुन, धनकुटा । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि उम्मेदवारहरू अहिले निर्वाचन क्षेत्र केन्द्रित प्रचारमा व्यस्त छन् । अन्तजस्तै धनकुटाका उम्मेदवारहरू पनि चुनावी प्रचार व्यस्त छन् ।

यहाँ १४ वटा राजनीतिक दलका र ३ जना स्वतन्त्र उम्मेदवार छन् ।निर्वाचन आयोगले सोमबारबाट फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने समे तोकिदिएको छ । सोहीअनुसार उम्मेदवारहरूले अभियान सुरु गरेका छन् । उम्मेदवारहरूले चुनावी प्रचारका लागि विभिन्न गतिविधि गर्दै आएका छन् । यहाँ कांग्रेसका उम्मेदवारले पनि अन्यत्रभन्दा फरक शैलीमा आफ्नो प्रचार गरिरहेका छन् ।

कांग्रेसका उम्मेदवार दिनेश राईले सोमबार धनकुटा बजारमा घरदैलो कार्यक्रम गरेका छन् । धनकुटाको मदन चोकबाट सुरु भएको घरदैलोमा राईले भेटेका जति मानिसलाई टोपी र रुद्राक्षको माला लगाइदिँदै मत मागेका छन् । राईले भेटिएका पुरुष मतदातालाई टोपी र महिलालाई रुद्राक्षको माला लगाइदिँदै आफूलाई मत दिन आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?