२२ फागुन, धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १ हजार ५ सय ९० मतसहित अग्रता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार ४०, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले ७ सय ३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले १ सय ४४ मत प्राप्त गरेका छन् ।
धनकुटामा हालसम्म साँगुरीगढी गाउँपालिकाको वडा नं. १ देखि ५ सम्मको मतगणना सम्पन्न भएको छ। जहाँ ४ हजार ६० मत गणना हुँदा ३ हजार ७ सय २२ मत सदर र ३ सय ३८ मत बदर भएको छ ।
धनकुटामा एक लाख १८ हजार ४ सय २५ मतदाता कायम रहेकामा ६४ हजार ४ सय २५ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4