+
+
Shares

दलित अधिकारकर्मीद्वारा काठमाडौंमा खबरदारीसहित प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दलित अधिकारकर्मी तथा युवाहरूले काठमाडौंको माइतिघरमा दलितमाथि बढ्दो हिंसाविरुद्ध खबरदारीसहित प्रदर्शन गरेका छन्।
  • उनीहरूले देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै न्यायको माग गरेका छन्।
  • प्रदर्शनमा सहभागीहरूले 'महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कडा कारबाही गर' लगायतका नारा लगाएका छन्।

२७ फागुन, काठमाडौं । दलित समुदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी तथा युवाहरुले काठमाडौंमा खबरदारीसहित प्रदर्शन गरेका छन् ।

देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै पीडितहरूको न्यायका लागि भन्दै उनीहरुले बुधबार काठमाडौंको माइतिघरमा खवरदारीसहित प्रदर्शन गरेका हुन् । साथै उनीहरुले मृतकको आत्माको शान्तिका लागि दीप प्रज्वलन समेत गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कडा कारबाही गर, सरकार बदलियो, समाज बदलिएन, महिला शोषणविरुद्ध एक हौं’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूले निर्वाचनपछि दलित समुदायका व्यक्तिहरू संसदमा पुगेकाले अब दलितहरूको मुद्दालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

साथै उनीहरूले यसअघि सडकमा बसेर सँगै आन्दोलन गरेकाहरुले संसद् र सरकारबाट दलित अधिकारका लागि गम्भीर भएर काम गर्नुपर्ने जनाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?