+
+
Shares

समानुपातिकतर्फ दलहरूको सिट बाँडफाँट गृहकार्यमा जुट्यो निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १३:१९

२७ फागुन, काठमाडौं । निर्वाचन आयोग समानुपातिकतर्फ राजनीतिक दलहरूले पाएको मतका आधारमा उनीहरूको सिटबाँडफाँटको गृहकार्यमा जुटेको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएसँगै सिट बाँडफाँटको गृहकार्यमा लागेको जानकारी गराए ।

दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुन्छ । सिट तय भएपछि त्यस आधारमा सम्बन्धित दलहरूलाई समानुपातिक तर्फको बन्दसूचीमा रहेका नाममध्येबाट सिफारिस गर्न पत्र लेखिनेछ ।

‘भ्याएसम्म आजै बेलुकी वा भोलिसम्ममा दलहरूलाई पत्र लेखेर बन्दसूचीमा रहेका नामबाट नाम सिफ,ारिस गर्न पत्र लेखिनेछ,’ उनले भने ।

दलहरूलाई नाम सिफारिस गर्नका लागि तीन दिनको समय दिने तयारी छ ।

दलहरूले सिफारिस गरेको के कति मिल्यो वा मिलेन भनेर निर्वाचन आयोगले पुन: हेर्छ र अगाडि बढाउँछ । त्यसपछि निर्वाचन आयोगले नै ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएलगत्तै निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?