+
+
Shares

सन् २०२२ को इस्तानबुल सम्झौता अब सान्दर्भिक रहेन : रुस

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १२:५९
रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले सन् २०२२ को इस्तानबुल शान्ति सम्झौता अबको बदलिएको परिस्थितिमा लागु नहुने बताएका छन्।
  • सन् २०२५ मा इस्तानबुलमा भएका बैठकहरूमा रूस र युक्रेनबीच ठूलो संख्यामा युद्धबन्दीहरूको आदानप्रदानमा सहमति भएको थियो।
  • जेनेभामा फेब्रुअरी १७–१८ मा भएको बैठकलाई रूसी टोली प्रमुख भ्लादिमिर मेदिन्स्कीले 'कठिन तर व्यावसायिक' भनेका छन्।

२७ फागुन, काठमाडौं । रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले सन् २०२२ मा इस्तानबुलमा भएको प्रारम्भिक शान्ति सम्झौताका सर्तहरू अबको बदलिएको परिस्थितिमा लागु हुन नसक्ने बताएका छन् ।

तास समाचार एजेन्सीसँग कुरा गर्दै पेस्कोभले भने, ‘अहिलेको वास्तविकता पूर्ण रूपमा परिवर्तन भइसकेको छ।’

यसअघि २०२२ को सुरुवाती चरणमा भएका वार्ताहरूमा युक्रेनले तटस्थ र असंलग्न रहने प्रतिबद्धता जनाएको मस्यौदा तयार भए पनि किएभ र पश्चिमा शक्तिहरूका कारण उक्त प्रक्रिया अवरुद्ध भएको रुसको दाबी छ।

यद्यपि, सन् २०२५ देखि पुनः सुरु भएको वार्ता प्रक्रियाले केही गति लिएको देखिन्छ।

सन् २०२५ मा इस्तानबुलमा भएका तीन चरणका बैठकहरूमा रुस र युक्रेनबीच अहिलेसम्मकै ठूलो संख्यामा युद्धबन्दीहरूको आदानप्रदान लगायतका मानवीय मुद्दामा सहमति भएको थियो।

सन् २०२६ मा आइपुग्दा यो वार्ता रुस, युक्रेन र अमेरिकाको त्रिपक्षीय स्वरूपमाअघि बढेको छ।

गत फेब्रुअरी १७–१८ मा जेनेभामा भएको ऐतिहासिक बैठकलाई रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्कीले ‘कठिन तर व्यावसायिक’ संज्ञा दिएका छन् ।

मेदिन्स्कीका अनुसार छिट्टै अर्को चरणको वार्ता हुने अपेक्षा गरिएको छ, जसले इरान-इजरायल युद्धका बीच विश्व राजनीतिमा नयाँ मोड ल्याउन सक्छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?