News Summary
Generated by OK AI. Editorially reviewed.- टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीले १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत प्राथमिक सेयर निष्कासन गरेको छ।
- आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूलाई क्रमशः १२ लाख र ३ लाख ३ हजार कित्ता सेयर छुट्याइएको छ।
- सेयर आवेदनका लागि स्थानीयले चैत ११ देखि २६ गतेसम्म र वैदेशिक रोजगारमा रहेका व्यक्तिले चैत १ देखि ११ गतेसम्म आवेदन दिन सक्नेछन्।
२७ फागुन, काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीले पहिलो चरणको प्राथमिक सेयर (आईपीओ) खुलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई बुधबारदेखि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
जसमध्ये १२ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि निष्कासन हुन लागेको हो। सो सेयर खरिदका लागि भोजपुर जिल्लाका स्थानीयबासीले आवेदन दिन सक्नेछन्।
त्यस्तै ३ लाख ३ हजार ६७ कित्ता साधारण सेयर वैदेशिक रोजगारमा रहेकालाई निष्कासन गर्न लागेको छ ।
न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासीले छिटोमा चैत ११ गतेसम्म र ढिलोमा २६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेकाले छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ ।
कम्पनीले ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ । जसको प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १८.३७ वर्ष रहेको छ।
प्रभावितले आयोजना कार्यालय, भोजपुर, प्रभु बैंकको भोजपुर, प्याउली, हटुवागढी र सिटिजन्स बैंकको भोजपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया 4