+
+
Shares

निर्वाचन खर्च विवरण सार्वजनिक गर्न उम्मेदवारलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते ११:५१

२७ फागुन, स्याङ्जा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी बुझाउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–४१ मा तोकिएको ढाँचाअनुसार खर्च विवरण तयार गरी उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत तोकिएको समयभित्र पेस गर्न भनिएको छ ।

खर्च विवरण निर्वाचन आयोग, कान्तिपथ काठमाडौं वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउन सकिने जनाइएको छ ।

जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जारी गरेको सूचनामा सबै सम्बन्धित उम्मेदवारलाई तोकिएको प्रक्रियाअनुसार खर्च विवरण सार्वजनिक गरी पेस गर्न अनुरोध गरिएको छ ।

निर्वाचन कार्यालयले जारी गरेको सूचनामा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता, २०८२ अनुसार प्रत्येक उम्मेदवारले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?