+
+
Shares

स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते ९:१२

२६ फागुन, स्याङ्जा । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि पहिलो भएको छ ।

निर्वाचन परिणाम अनुसार स्याङ्जा क्षेत्र नम्बर–१ मा रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । रास्वपाले  ३३ हजार ४९९ मत पाएको छ, जुन प्रत्यक्षतर्फ पाएको मतभन्दा चार हजार ४२८ बढी हो ।

यसैगरी, दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १६ हजार ३९९ मत पाएको क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । कांग्रेसले प्रत्यक्षतर्फ पाएको मतभन्दा समानुपातिकमा दुई हजार ४५८ मत कम आएको छ ।

त्यसैगरी, नेकपा (एमाले)ले  १४ हजार ४८५ मत प्राप्त गरेको छ । यो मत पनि प्रत्यक्षतर्फको मतभन्दा दुई हजार ३१९ कम हो ।

अन्य दलतर्फ राप्रपाले एक हजार ८७३ मत पाएको छ भने नेकपाले एक हजार ५३१ मत पाएको छ । यस क्षेत्रमा समानुपातिकतर्फ ५७ राजनीतिक दल प्रतिस्पर्धामा रहेका थिए ।

क्षेत्र नम्बर-१ मा कुल १ लाख ३२ हजार ७४५ मतदाता रहेकामा ७२ हजार ९९ मत खसेको थियो । तीमध्ये दुई हजार १३१ मत बदर भएको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

यसैगरी, स्याङ्जा क्षेत्र नम्बर-२ मा पनि समानुपातिकतर्फ रास्वपा नै अग्रस्थानमा देखिएको छ । रास्वपाले २९ हजार ५०९ मत पाएको छ, जुन यस क्षेत्रमा प्रत्यक्षतर्फ पाएको मतभन्दा चार हजार १५५ बढी हो ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १७ हजार ९३१ मत पाएको क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए । कांग्रेसले भने प्रत्यक्षतर्फ पाएको मतको तुलनामा समानुपातिकतर्फ झण्डै दुई हजार ८९९ मत कम पाएको देखिएको छ ।

एमालेले ११ हजार ६ मत पाएको छ । यो संख्या पनि प्रत्यक्षतर्फको मतभन्दा करिब तीन हजार १०२ ले कम हो ।

अन्य दलहरूमध्ये राप्रपाले एक हजार ३४९ मत पाउँदा नेकपाले एक हजार ४७ मत ल्याएको छ । श्रम संस्कृति पार्टीले पनि एक हजारभन्दा बढी मत पाएको छ, उसले एक हजार ९ मत प्राप्त गरेको छ ।

यस क्षेत्रमा समानुपातिकतर्फ ५७ वटा राजनीतिक दल प्रतिस्पर्धामा थिए । तर, गतिशील लोकतान्त्रिक पार्टी, स्वाभिमान पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले भने कुनै पनि मत पाउन सकेनन् ।

क्षेत्र नम्बर-२ मा कुल १ लाख १७ हजार ९३० मतदाता रहेकामा ६५ हजार १३० मत खसेको थियो । तीमध्ये एक हजार ९९९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?