+
+
Shares

खोटाङमा रास्वपाका उम्मेदवारको जमानत जफत

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १२:५०

२५ फागुन, खोटाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका १५ उम्मेदवारमध्ये ११ उम्मेदवारको जमानत जफत भएको छ ।

देशभर दुई तिहाइको हाराहारीमा मत पाएको रास्वपासमेत खोटाङमा जमानत जोगाउन असफल भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरी, राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक तामाङ, जनता समाजवादी पार्टीका उम्मेदवार राकेश राई, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सुनिल चाम्लिङलगायतको जमानत जफत भएको हो ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवार चन्द्रबहादुर बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार प्रयाग राई, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ध्यानप्रसाद ढकाल, मितेरी पार्टी नेपालका उम्मेदवार केशरमान चाम्लिङको जमानत जफत भएको छ । स्वतन्त्र उम्मेदवार तिलकचन्द्र राई र राजकुमार राईको जमानत पनि जफत भएको छ ।

खोटाङका एक लाख ४७ हजार १२० जना मतदातामध्ये ६२ हजार ५६६ खसेको थियो । त्यसमध्ये ५८ हजार ६३८ मत सदर हुँदा ३ हजार ९२८ मत बदर भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत भएको हो ।

खोटाङमा जमानत जोगाउन ५ हजार ८६३ भन्दा बढी मत प्राप्त गर्नुपर्ने थियो । तर, ११ जना उम्मेदवारले त्योभन्दा कम मत पाएकाले जमानत जफत भएको हो । उम्मेदवारी दर्ताका क्रममा हरेक उम्मेदवारले जनही १० हजारको दरले धरौटी रकम जम्मा गर्नुपर्ने हुन्छ । जमानत जफत भएपछि सो रकम राज्यकोषमा जम्मा हुने कानुनी व्यवस्था छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?