+
+
Shares
समानुपातिक मतगणना :

एक करोड बढी मतगणना सकिँदा रास्वपाले पायो ४९ लाख, अरुको कति ?

निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ५:३० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २४ हजार ७४३ मत प्राप्त गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते ५:४६

२६ फागुन, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मतगणना भएको छ  ।

निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ५:३० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २४ हजार ७४३ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले १६ लाख ६६ हजार ७९६, नेकपा (एमाले)ले १३ लाख ८५ हजार १४९, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४८ हजार २५९, श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार ९७६ मत प्राप्त गरेको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ६८ हजार २६६, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६३ हजार ३९३ र जनमत पार्टीले ७५ हजार ९८ मत प्राप्त गरेको छ ।

समानुपातिक तर्फको मतगणना जारी छ । हालसम्म रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले थ्रेसहोल्ड कटाईसकेका छन् ।

प्रत्यक्ष तर्फका १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।

समानुपातिकतर्फ १ करोड २ लाख मत गणना हुँदा दलहरुले पाएको मत

राष्ट्रिय स्वतन्त्र पार्टी  ४९,२४,७४३

नेपाली कांग्रेस १६,६६,७९६

नेकपा एमाले १३,८५,१४९

नेपाली कम्युनिस्ट पार्टी ७,४८,२५९

श्रम संस्कृति पार्टी ३,४६,७७६

राष्ट्रिय प्रजातन्त्र पार्टी ३,२१,९७६

जसपा, नेपाल १,६८,२६६

राष्ट्रिय परिवर्तन पार्टी १,६४,३९३

जनमत पार्टी ७५,०९८

एकल चिन्ह चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६०,३५२

नेपाल मजदुर किसान पार्टी ४१,८३५

राष्ट्र निर्माण दल नेपाल ३६,९९३

राष्ट्रिय जनमोर्चा २९,१९७

एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी) २७,२३४

नेपाल जनता संरक्षण पार्टी २६,८१४

प्रगतिशील लोकतान्त्रिक पार्टी २२,३१३

नेकपा (माओवादी) २३,२१४

मंगोल नेशनल अर्गनाइजेशन १९,०१७

सार्वभौम नागरिक पार्टी १४,०३५

एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) १२,५२८

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल ९,८७०

संयुक्त नागरिक पार्टी ८,४५३

स्वाभिमान पार्टी ७,१७०

नेपाल जनता पार्टी ६,९४५

राष्ट्रिय जनमुक्ति पार्टी ६,६६५

राष्ट्रिय एकता दल ६,७४८

नेकपा माले ५,५७६१

नेशनल रिपब्लिक नेपाल ५,००९

नेपालका लागि नेपाली पार्टी  ४,७९१

नेकपा मार्क्सवादी पुष्पलाल ४,७०९

राष्ट्रिय गौरव पार्टी ४,६९८

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४,५२६

राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल ४,२२६

नेकपा  संयुक्त  ४,२९०

समावेशी समाजवादी पार्टी नेपाल ४,१०१

गतिशील लोकतान्त्रिक पार्टी ३,९८१

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?