+
+
Shares

रोल्पाका १० उम्मेदवारमध्ये ६ जनाको जमानत जफत

जमानत जफत हुनेमा रोल्पामा आफ्नो संगठनको प्रभाव रहेको दाबी गर्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीका उम्मेदवार समेत छन् ।

सुर्य प्रकाश बुढा मगर सुर्य प्रकाश बुढा मगर
२०८२ फागुन २५ गते ७:१७

२५ फागुन रोल्पा । एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका १० उम्मेदवारमध्ये ६ जनाको जमानत जफत भएको छ ।

जमानत जफत हुनेमा रोल्पामा आफ्नो संगठनको प्रभाव रहेको दाबी गर्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार समेत छन् ।

विजयी उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदन कुमार वली, राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापा र नेकपा एमालेका गोकुल घर्तीबाहेक अरु सबै उम्मेदवारहरुको जमानत जफत भएको छ ।  ।

जमानत जोगाउन नसक्ने उम्मेदवारहरुमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार चुडामणि वली (आदर्श), राप्रपाका अम्मबहादुर थापा, जनमोर्चा नेपालका मेघनाथ विष्ट, नेशनल रिपब्लिक नेपालका मनबहादुर घर्ती, मंगोल नेशनल अर्गनाइजेसनका कुमार घर्ती र आम जनता पार्टीका दिलबहादुर कामी छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जमानत वाफत १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था छ । निर्वाचन क्षेत्रमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले सो धरौटी रकम फिर्ता फिर्ता पाउँदैन । त्यसैलाई ‘जमानत जफत’ भनिन्छ ।

१ लाख ४९ हजार ५९७ मतदाता रहेको रोल्पामा ६८ हजार ७७६ मत खसेको थियो । त्यसमध्ये ६५ हजार ६३२ मत सदर सदर भएको थियो । त्यसमध्ये विजयी उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले २७ हजार ४६० मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदन कुमार वलीले १२ हजार ८ मत पाए । रास्वपा उम्मेदवार बालराम थापाले १० हजार ८९४ र एमाले उम्मेदवार गोकुल प्रसाद घर्तीले ९ हजार ९३३ मत पाएका थिए ।

विप्लवले रोल्पामा आफ्नो प्रभाव रहेको बताउने गरे पनि उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का चुडामणी वलीले पनि जमानत जोगाउन सकेनन् । वलीले मात्र ३ हजार ७ सय १४ मत पाए ।

राप्रपाका अम्मबहादुर थापाले ८ सय ४६ पाएका छन् । जनमोर्चा नेपालका मेघनाथ विष्टले ३ सय १८, नेशनल रिपब्लिक नेपालका मनबहादुर घर्तीले २ सय ७९, मंगोल नेशनल अर्गनाइजेसनका कुमार घर्तीले १ सय १८ र आम जनता पार्टीका दिलबहादुर कामीले ६२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?