News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा एमालेका दुई उम्मेदवार जीवन घिमिरे र विनोद ढकालको जमानत जफत भएको छ।
- मोरङ–४ बाट रास्वपाकी सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित र मोरङ–६ बाट रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भइन्।
- मोरङ–४ मा कांग्रेसका गुरुराज घिमिरे र नेकपाका अमनलाल मोदीले जमानत जोगाएका छन् भने मोरङ–६ मा कांग्रेसका डाक्टर शेखर कोइरालाले जमानत जोगाएका छन्।
२३ फागुन, विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा एमालेका दुई उम्मेदवारको जमानत जफत भएको छ ।
मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी भइन् । क्षेत्र नम्बर ६ बाट रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भइन् ।
मोरङ ४ मा एमालेका उम्मेदवार जीवन घिमिरे र ६ मा विनोद ढकालको जमानत जफत भएको हो ।
जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।
मोरङ–४ बाट कांग्रेसका महामन्त्रीसमेत रहेका गुरुराज घिमिरेले १२ हजार ८१८ ल्याउँदा तेस्रो हुँदा नेकपाका अमनलाल मोदीले १० हजार ७६२ मत पाए । घिमिरे र मोदीको जमानत जोगिएको छ ।
तर सोही क्षेत्रबाट एमालेका जीवनले ६ हजार ९३३ मत पाए । उनको जमानत जोगिएन ।
मोरङ–४ मा ७९ हजार ७७५ मत खसेकोमा ७४ हजार ५१९ सदर भएको थियो । ५ हजार २५६ मत बदर भएको छ ।
मोरङ–६ मा कांग्रेसका डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत ल्याए । क्षेत्र नम्बर ६ मा कोइरालाको मात्रै जमानत जोगिएको छ । ८ हजार ३१७ मतसहित तेस्रो भएका एमालेका ढकालको जमानत जोगिएन् । एमालेसँगै नेकपाका ओपेन्द्र रायसहित १५ जना उम्मेदवारको जमानत जफत भयो । मोरङ–६ मा ८९ हजार ८४७ मत खसेको थियो । खसेकोमध्ये ८५ हजार २३३ सदर र ४ हजार ६१६ मत बदर भएको थियो ।
प्रतिक्रिया 4