+
+
Shares

डोल्पाको निर्वाचन रद्द गर्न माग गर्दै उजुरी

पूर्ण सार्की पूर्ण सार्की
२०८२ फागुन २३ गते १२:३५

२३ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पामा निर्वाचन रद्द गर्न माग गर्दै उजुरी परेको छ ।

जिल्लाको काइके गाउँपालिका वडा नं ४ र ५ को मतगणनाका क्रममा केही अर्धकट्टीसहितको मतपत्र भेटिएको भन्दै जिल्लाको समग्र निर्वाचन रद्ध गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनमा कार्यालयमा उजुरी परेको हो ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र स्वतन्त्र उम्मेदवारले सामूहिक उजुरी दिएका हुन् ।

उनीहरुले जिल्ला भरीको निर्वाचनमा कर्मचारी संयन्त्रबाटै ‘मिलेमतो’गरी गम्भीर कसूर गरेको आरोप लगाएका छन् । यदि आफूहरुले दिएको निवेदन उपर कार्यान्वयन नभएमा उच्च अदालतमा कानुनी उपचार खोज्ने पनि बताएका छन् ।

उनीहरुले मतगणना गर्ने क्रममा मतदान भएका मतपत्रहरु मध्य पाँच वटा मतपत्रहरुमा मतदान अधिकृत र मतदाताका हस्ताक्षर नभएका अर्धकट्टीसहितको मतपत्र र सातवटा मतपत्र अर्धकट्टीहरु भेटिएको उजुरीमा उल्लेख गरेका छन् ।

मुख्य निर्वाचनको अधिकृतको कार्यालयले यस अवस्थामा निर्वाचनको आयोगको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यविधि अनुसार विवाद समाधान गरिने जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले मतदातालाई मतपत्र दिँदा भुलबस मतपत्रको अर्धकट्टी समेत दिएको अवस्थामा मतगणनाको क्रममा मतपत्रको चाङ मिलाउँदा अर्धकट्टी सहितको मतपत्र फेला पर्नासाथ त्यस्तो मतपत्र घोप्ट्याई अर्धकट्टीलाई अलग गरी अरू मतपत्र सँगै चाङमा मिलाएर राखेर गणना गर्ने व्यवस्था मिलाउने र उक्त अधकट्टीलाई मुचुल्का बनाई सुरक्षित रुपमा राखे व्यवस्था मिलाउने कार्यविधिमा उल्लेख भएको बताए ।

सर्वदलीय बैठकमार्फत् विवाद समाधान गरिने उनले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?