News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पा जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ र डोल्पो बुद्ध गाउँपालिकाका ६ मतदान केन्द्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ।
डोल्पा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत हिमाली जिल्ला डोल्पामा मतगणना जारी रहेको छ ।
अहिले १२ बजेसम्म जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाका ६ वटा मतदान केन्द्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । प्राप्त विवरणअनुसार हालसम्म उक्त पालिकाका सबै मतदान केन्द्रमा खसेको ७६१ मत मतगणना हुँदा ७३८ मत सदर र २३ मत बदर भएको जनाइएको छ ।
हालसम्मको मतपरिणामअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धनबहादुर बुढाले ५१७ मत प्राप्त गर्दै अग्रता बनाएका छन् ।
एमालेका लंक बहादुर रोकायाको ४८, कांग्रेसका कर्ण बहादुर बुढाको १०९, राष्ट्रिय स्वतन्त्र पार्टीका देव सिंह ऐडी ५९ मत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4