+
+
Shares

डोल्पामा मतपेटिका अझै संकलन हुन सकेनन्

अझै १४ मतदान केन्द्रबाट मतपेटिका ल्याउन बाँकी छ ।

पूर्ण सार्की पूर्ण सार्की
२०८२ फागुन २२ गते १२:५७

२२ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पाका सबै मतपेटिका अझै जम्मा हुन सकेका छैनन् ।  उपल्लो डोल्पाका २३ मतदान केन्द्रमध्ये नौ मतदान केन्द्रको मात्र मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको छ । अझै १४ मतदान केन्द्रबाट मतपेटिका ल्याउन बाँकी छ ।

त्रिपुरा सुन्दरी, ठुली भेरी नगरपालिका, काइके, मुड्केचुला, जगदुल्ला, छार्का ताङसोङ गाउँपालिकाका मतपेटिका दुनै स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ ।

डोल्पामा स्थायी र अस्थायी गरेर ७० वटा मतदान केन्द्र तोकिएको थियो । जसमध्ये हालसम्म ५६ मतदान केन्द्रको मतपेटिका दुनै ल्याइएको छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?