+
+
Shares

माथिल्लो डोल्पामा खटिएका ५ निर्वाचन कर्मचारी बिरामी, सेनाको हेलिकप्टरमार्फत उद्धार

जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी चिसो मौसम र अक्सिजनको कमीका कारण बिरामी परेका थिए ।

पूर्ण सार्की पूर्ण सार्की
२०८२ फागुन २० गते १३:०१

२० फागुन, डोल्पा । डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटिएका बिरामी कर्मचारीहरुको उद्धार गरिएको छ ।

जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी चिसो मौसम र अक्सिजनको कमीका कारण बिरामी परेका थिए ।

उनीहरुलाई केहीबेरअघि नेपाली सेनाको हेलीकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

प्रशासनका अनुसार निर्वाचनको लागि फोतगाउँ मतदान केन्द्रमा खटिएका जिल्ला अदालतका सहायक कर्मचारी (डिठ्ठा) गोर्खबहादुर थापा, साल्ट ट्रेडिङ कर्पोरेसनका कार्यालय सहयोगी धनबहादुर महतरा तथा तीन निर्वाचन प्रहरी कृष्ण झाँक्री, आत्मराम बोहोरा र इन्द्रमान धरलालाई लेक लागेसँगैज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने तथा श्वासप्रश्वासमा समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

उद्धार पश्चात उनीहरुलाई जिल्ला अस्पताल डोल्पामा उपचारको लागि पठाइएको समेत प्रशासनले जानकारी दिएको छ ।

उक्त मतदान केन्द्र जिल्ला सदरमुकाम दुनैबाट पैदल करिब ६ दिनको दुरीमा पर्ने अत्यन्त दुर्गम स्थानमा रहेकाले तत्काल स्वास्थ्य सेवा पुर्‍याउन कठिनाइ भएपछि उद्धार गरिएको बताइएको छ ।

उक्त मतदान केन्द्रमा ४० मतदाता छन् । निर्वाचनको लागि उनीहरुलाई हेलिकप्टर मार्फत मतदान केन्द्रमा पुर्‍याइएको थियो ।

मतदान केन्द्रमा खटाइएका कर्मचारी बिरामी परेपछि उक्त मतदान केन्द्रमा आवश्यक वैकल्पिक व्यवस्था मिलाउने तयारी सुरु गरिएको छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?