+
+
Shares

सिंगाे वडाभरकाे मतदाता संख्या ४० जना मात्रै

२०७९ को संसदीय निर्वाचनमा ३४ जना मतदातामध्ये ३१ जनाले मात्रै मताधिकार प्रयाेग गरेका थिए ।

पूर्ण सार्की पूर्ण सार्की
२०८२ फागुन ११ गते १६:३९

११ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पामा एक यस्तो वडा छ, जहाँको मतदाता संख्या ४० जना मात्रै छ । शे-फोक्सुन्डो गाउँपालिका-६, को फोतगाउँको कुल मतदाता संख्या ४० रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार सो वडाको कुल जनसंख्या पनि ८५ जना मात्रै छ । हिमाली क्षेत्रको विकट यो गाउँमा रहेका ४० मतदातामध्ये पुरुष २१ र महिला १९ छन् ।

०७९ को निर्वाचनमा फोतगाउँमा जम्मा ३४ मतदाता थिए । यस पटक ६ जना थपिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

यो गाउँमा एउटा मात्रै मतदान केन्द्र छ । जुन वडा कार्यालयमा छ । २०७९ को संसदीय निर्वाचनमा ३४ जना मतदातामध्ये ३१ जनाले मात्रै मताधिकार प्रयाेग गरेका थिए ।

सदरमुकाम दुनैदेखि हप्तौँ पैदल हिँडेर पुगिने फोत गाउँमा आधारभूत सेवा समेत नभएर कष्टकर जीवनयापन गर्नुपर्ने बाध्यता खेपिरहेको वडा सदस्य कोइजोर गुरुङले बताए ।

अहिले पनि फोत गाउँमा शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, विद्युत् लगायतका सामान्य सुविधा पुगेका छैनन् । सो गाउँमा सुविधा पुर्‍याउन पनि सहज नभएकाले बस्ती स्थानान्तरण गर्नुपर्ने वडा सदस्य गुरुङको मत छ ।

यस्तै शे–फोक्सुन्डो गाउँपालिकाकै वडा नम्बर ७ मा पनि ९६ जना मात्रै मतदाता संख्या छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?