News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जा क्षेत्र नम्बर १ को मतगणना हरिनास गाउँपालिका वडा ७ बाट सुरु भएको छ।
२२ फागुन, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । स्याङ्जाको हरिनास गाउँपालिका वडा ७ बाट मतगणना सुरु गरिएको हो ।
स्याङ्जा–१ मा ७१ हजार ३ सय ५० मत खसेको बताइएको छ । यद्यपि मुख्य निर्वाचन अधिकृतको कार्यालयले खसेको मतको तथ्यांक सार्वजनिक गरेको छैन । मतपेटिकामा भएको मत गन्ने बताइएको छ ।
स्याङ्जाको मुख्य निर्वाचन अधिकृतको कार्यालयस्थित जिल्ला समन्वय समितिको सभाहलमा मतगणना थालिएको हो । यो क्षेत्रमा एक लाख ३० हजार ८८६ मतदाता थिए ।
यही क्षेत्रमा रहेको जिल्ला कारागार स्याङ्जामा एक अस्थायी मतदान केन्द्र तोकिएको थियो । यस केन्द्रमा कैदीसहित निर्वाचनमा नखटिएका कर्मचारीहरु गरी १६५ जनाले मतदान गरेको जानकारी गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4