News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानार्थ म्याग्दीको कालिपुल क्षेत्रमा स्तम्भ बनाइएको छ।
- जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले अरुणाले देशप्रति दिएको योगदानको सम्मान स्वरुप स्तम्भ बनाइएको बताए।
- अरुणाले सन् २०१३ देखि नेपाललाई प्रतिनिधित्व गर्दै आएकी छन् र सन् २०१९ देखि टोलीको नेतृत्व गरिरहेकी छिन्।
२७ फागुन, काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानार्थ गृहजिल्ला म्याग्दीमा उनको स्तम्भ बनाइएको छ । जिल्ला खेलकुद विकास समितिले अरुणाको सम्मान स्वरुप उनको स्तम्भ बनाएको हो ।
खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले अरुणाले देशप्रति दिएको योगदानको सम्मानका साथ स्तम्भ बनाइएको बताए । अरुणा खेलबाट पनि भविष्य बनाउन सकिन्छ भन्ने प्रेरणा बनेको अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।
‘अहिलेलाई अनावरण मात्र गरिएको र पर्यटकको आकर्षण बढाउने गरी उपयुक्त स्थानमा राखिने छ’ श्रेष्ठले भने ।
कप्तान अरुणाले स्तम्भ बनाइएको प्रति खुसी व्यक्त गरिन् । उनले यो सम्मानले आउने पुस्तालाई खेल क्षेत्रमा लाग्न प्रेरणा दिने विश्वास गरिन् । रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मिएकी शाहीले सन् २०१३ देखि भलिबलमा नेपालको प्रतिनिधित्व गर्दै आएकी छन् ।
उनले सन् २०१९ बाट नेपालको नेतृत्वसमेत गर्दै आएकी छन् । शाहीकै कप्तानीमा नेपालले वुमन्स सेन्ट्रल जोनको उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत पदक र काभा वुमन्स भलिबल च्यालेन्ज कपमा कांस्य पदक हात पारेको थियो ।

प्रतिक्रिया 4