+

राष्ट्रिय लिग फुटबलमा एनआरटी र लालिगुराँसको बराबरी

२०८२ फागुन  २७ गते १५:०२ २०८२ फागुन २७ गते १५:०२
राष्ट्रिय लिग फुटबलमा एनआरटी र लालिगुराँसको बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलमा न्युरोड टिम र लालिगुराँस एसोसिएसनले १-१ गोलको बराबरी खेलेका छन्।
  • एनआरटीका अन्जन विष्टले खेलको २६औं मिनेटमा पहिलो गोल गरेका थिए।
  • लालिगुराँसका आशिष गुरुङले खेलको ९०औं मिनेटमा बराबरी गोल गरेका थिए।

२७ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा न्युरोड टिम (एनआरटी) र लालिगुराँस एसोसिएसनले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी र लालिगुराँसले १-१ गोलको बराबरी खेलेका हुन् ।

एनआरटीका लागि खेलको २६औं मिनेटमा अन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए । लिगमा उनको यो पहिलो गोल हो ।

लालिगुराँसका आशिष गुरुङले खेलको ९०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीपछि छैटौं स्थानको एनआरटीको १० खेलमा १९ अंक भएको छ । लालिगुराँस १० खेलमा २० अंक जोडेर चौथो स्थानमै छ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

एनआरटी राष्ट्रिय लिग फुटबल लालिगुराँस एसोसिएसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय