+

काइल वाकरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

२०८२ फागुन  २७ गते १४:४५ २०८२ फागुन २७ गते १४:४५
काइल वाकरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका डिफेन्डर काइल वाकरले ९६ खेल खेलेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।
  • उनले सन् २०११ नोभेम्बरमा स्पेनविरुद्ध डेब्यु गरेका थिए र २०१८, २०२२ विश्वकप तथा तीन युरोपेली च्याम्पियनसिपमा प्रतिनिधित्व गरेका थिए।
  • हालका प्रशिक्षक थोमस टुचेलले टोलीमा नसमेटेपछि वाकरले राष्ट्रिय टोलीबाट बिदा लिने निर्णय गरेका हुन्।

२७ फागुन, काठमाडौं । इंग्ल्यान्डका डिफेन्डर काइल वाकरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३५ वर्षीय वाकरले इंग्ल्यान्डका लागि ९६ खेल खेलेपछि राष्ट्रिय टोलीबाट बिदा लिने निर्णय गरेका हुन्।

वाकरले सन् २०११ नोभेम्बरमा स्पेनविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। त्यसपछि उनी टोलीका नियमित खेलाडी बने। उनले २०१८ र २०२२ का विश्वकप तथा २०१६, २०२१ र २०२४ का युरोपेली च्याम्पियनसिपमा इंग्ल्यान्डको प्रतिनिधित्व गरेका थिए।

पूर्व प्रशिक्षक ग्यारेथ साउथगेटको नेतृत्वमा वाल्करले टोलीलाई २०२१ र २०२४ को युरोपेली च्याम्पियनसिपको फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले अन्तर्राष्ट्रिय करियरमा एक मात्र गोल सन् २०२३ सेप्टेम्बरमा युक्रेनविरुद्ध गरेका थिए।

हालका प्रशिक्षक थोमस टुचेलले पछिल्लो टोलीमा नसमेटेपछि वाकरले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय गरेका हुन्।

उनले इंग्ल्यान्डका लागि ९६ खेल खेल्न पाउनु आफ्नो लागि ठूलो सम्मान भएको र राष्ट्रिय टोलीको छविलाई सकारात्मक बनाउने प्रयासमा आफूले योगदान दिएको बताएका छन्।

काइल वाल्कर सन्यास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय