News Summary
Generated by OK AI. Editorially reviewed.- २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्, जसमा एउटा नयाँ दल र पाँच वटा पुराना दल छन्।
- नयाँ राष्ट्रिय दल श्रम संस्कृति पार्टी हो, जसले प्रत्यक्षतर्फ तीन सिट जितेको र समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाएको छ।
- राष्ट्रिय दलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि रहेका छन्।
२७ फागुन, काठमाडौं । २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका छन् ।
यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दलमा श्रम संस्कृति पार्टी रहेको छ । यो हर्क साम्पाङ नेतृत्वको पार्टी हो । यो पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाएको छ ।
बाँकी राष्ट्रिय दलको मान्यत पाउने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् । यी चार दल विघटित प्रतिनिधि सभामा पनि राष्ट्रिय दलको रुपमा रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4