+
+
Shares

छोरीको स्मृति दिवसमा चित्रकार रागिनीले बाँडिन् शैक्षिक सामग्री

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ट चित्रकार रागिनी उपाध्यायले २१ माघ झापाका केही विद्यालयमा १०० बढी विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छिन्।

२३ माघ, काठमाडौं । वरिष्ट चित्रकार रागिनी उपाध्यायले आफ्नी दिवंगल छोरी शिवताको स्मृति दिवसमा शैक्षिक सामग्री वितरण गरेकी छिन् । २१ माघ बिहीबार उपाध्यायले झापाका केही विद्यालयमा शैक्षिक सामग्री वितरण गरेकी हुन् ।

उनले श्री बाल आधारभूत विद्यालय, कचनकवल–६, झापा, श्री ग्राम देवता आधारभूत विद्यालय, रंगेली, मोरङमा विद्यार्थीहरूलाई झोला वितरण गरिन् । यसबाट १०० बढी विद्यार्थीहरू लाभावन्तित भएको उनले जानकारी दिइन् । उनका अनुसार विद्यालयहरूमा आर्थिक रूपमा विपन्न बालबालिकाहरूलाई सहयोग गरिएको हो ।

उपाध्यायकी छोरी कलिलो उमेरमै रोगका कारण बितेकी थिइन् । त्यसयता शिवता लभ फाउन्डेशन स्थापना गरेर हरेक वर्ष छोरीको स्मृति दिवसमा उनले विद्यार्थीहरूलाई सहयोग गर्दै आइरहेकी छिन् । रागिनी नेपाल ललित कला प्रतिष्ठानकी पहिलो महिला उपकूपलति हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?