+
+
Shares

२४ वटा दल र उम्मेदवारले बुझाए आयोगमा जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १६:२१

२३ माघ, काठमाडौं । निर्वाचन आयोगले २४ वटा राजनीतिक दल र उम्मेदवारबाट जवाफ प्राप्त भएको जानकारी गराएको छ ।

शुक्रबार नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई सोधिएको स्पष्टीकरणमध्ये २४ वटा प्राप्त भएको जानकारी गराए ।

‘हामीले ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई सपष्टीकरण सोधेकोमा २४ बाट ज्वाफ पाइसकेका छौँ । अक्सर हामीलाई सोध्ने प्रश्न भनेको जवाफ लिइसकेपछि पुग्यो भन्ने छ । आचारसंहिता र निर्वाचन कसुर तथा सजाय ऐन हेर्नुभयो जवाफ पाउनुहुन्छ,’ उनले भने, ‘कस्तोमा कारबाही गर्ने र कस्तोमा नगर्ने भनेको कारणले केन्द्रिय आचारसंहीता अनुगमन समितिले कानूनमा हेरेर थप स्पष्टीकरण, कारबाही गर्नेबारे निर्णय लिन्छ । आचारसंहीता उल्लंघनका घटनामा निर्वाचन आयोगले नजरअन्दाज गरेको छैन ।’

साथै, उनले आचारसंहिता उल्लंघनका घटनामा नजरअन्दाज नगर्ने स्पष्ट पारे । आयोगले आचारसंहिता पालना गराउन र उल्लंघनकर्ताहरूलाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताए ।

‘पछिल्लो चोटी जिल्लामै उजुरी गर्ने र त्यहीँबाटै फर्स्यौट गर्ने दर अलि बढेको छ । त्यसले गर्दा केन्द्रमा आउने क्रम घटेको महशुस गरेका छौँ । अझै सुधारका कामहरु छन् भने हामी सुधार गर्न तयार छौं,’ उनले भने ।

प्रवक्ता भट्टराईले ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा रहेको बताए । जसमा महिला उम्मेदवारको संख्या १ हजार ७७२ र पुरुषको संख्या १ हजार ३६३ रहेको छ । समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको आयोगको तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?