+
+
Shares

यी १० उपाय अपनाएर बचाउन सकिन्छ ५० प्रतिशतसम्म ग्यास

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्यासको मूल्य र माग बढेसँगै वैज्ञानिक तरिकाले ग्यास बचत गर्न सकिन्छ जसले इन्धन खपत ५० प्रतिशतसम्म घटाउँछ।

ग्यासको बढ्दो मूल्य र मागले हरेकलाई समस्या पारिरहेको छ । तर, केही बुद्धिमानीपूर्ण तरिकाले ग्यासलाई दोब्बर समयसम्म चल्ने गरि बचत गर्न सकिन्छ । ग्यास बचाउने केही वैज्ञानिक र प्रभावकारी तरिकाहरू छन्, जसबाट इन्धनको खपत लगभग ५० प्रतिशतसम्म घटाउन सकिन्छ ।

धेरैजसो मानिसहरू अनजानमा नै गलत बर्नर प्रयोग गरेर वा खुला भाँडामा खाना पकाएर ठूलो मात्रामा ग्यास खेर फाल्छन् । प्रेसर कुकरको सही प्रयोग, दालहरूलाई भिजाउने, बर्नर नियमित सफा गर्ने जस्ता साना–साना परिवर्तनले ग्यास मात्र पैसा बचाउँदैन, खाना पकाउने समय पनि धेरै घटाउँछ।

यी १० टिप्सले भान्सालाई स्मार्ट र किफायती बनाउन मद्दत गर्छन् ।

१. प्रेसर कुकरको बढी प्रयोग गर्ने

खाना पकाउन प्रेसर कुकर सबैभन्दा राम्रो विकल्प हो । दाल र कडा तरकारीहरू खुला भाँडामा पकाउँदा ग्यास धेरै खर्च हुन्छ । कुकरभित्रको दबाबले खानालाई छोटो समयमै पकाउँछ । सही तरिकाले कुकर प्रयोग गर्दा खाना ४० प्रतिशतदेखि ७० प्रतिशतसम्म छिटो पक्छ । यसले ग्यास मात्र बचाउँदैन, भान्सामा बिताउने समय पनि निकै घटाउँछ ।

२. अनाजलाई पहिले नै भिजाउने

पकाउनुअघि दाल, राजमा, चना र चामललाई पानीमा भिजाउनु ग्यास बचाउने सबैभन्दा सजिलो तरिका हो । भिजाएपछि दानाहरू नरम हुन्छन् र त्यसमा तापक्रम दिएपछि छिटो पाक्न सुरु हुन्छ । उदाहरणका लागि, राजमालाई रातभरि भिजाएमा यो धेरै कम समयमा पाक्छ । भिजाएका अनाज पकाउँदा ३० देखि ५० प्रतिशतसम्म इन्धन बचत हुन्छ । यसले ग्यास बचाउनुका साथै अनाजका पोषक तत्वहरू पनि शरीरले सजिलै ग्रहण गर्न सक्छ ।

३. बर्नर र भाँडाको जोडी मिलाउने

सानो भाँडाका लागि ठूलो बर्नर बाल्ने गल्ती धेरैले गर्छन्, जसले गर्दा आगो भाँडाको किनाराबाट बाहिर निस्केर खेर जान्छ । याद राख्नुपर्छ भाँडा सानो छ भने बर्नर पनि सानो नै प्रयोग गर्नुपर्छ । ग्यासको आगो सधैं भाँडाको तलको क्षेत्रभित्र मात्र रहनुपर्छ । ठूलो बर्नर भारी कुकर वा ठूलो भाँडाको लागि मात्र प्रयोग गर्नुपर्छ । यसको सही सन्तुलन मिलाउँदा ग्यास बचत हुन्छ ।

४. छोपेर पकाउने

खुला भाँडामा खाना पकाउनु ग्यासको सबैभन्दा ठूलो बर्बादी हो किनकि बाफसँगै ताप पनि बाहिर निस्कन्छ । सधैं कराही वा डेक्चीमा ढक्कन लगाएर नै खाना पकाउनुपर्छ । ढक्कनले भाँडाभित्र बाफको दबाब बनाउँछ र ताप भित्र नै रहन्छ, जसले गर्दा खाना छिटो पक्छ । यो सानो बदलावबाट २० देखि ३० प्रतिशतसम्म इन्धन बचाउन सकिन्छ । यसले खानालाई नरम बनाउँछ र स्वाद पनि राम्रो बनाउँछ ।

५. तरकारीहरूलाई सानो–सानो टुक्रामा काट्ने

तरकारी काट्ने तरिकाले पनि ग्यास बचतमा भूमिका खेल्छ । तरकारी जति सानो र एकनासको टुक्रामा काटिन्छ, उति नै छिटो पक्छ । साना टुक्राहरूको सतह क्षेत्र बढ्छ, जसले गर्दा ताप छिटो भित्रसम्म पुग्छ ।

६. मल्टीलेयर‘तह भएको’कुकरमा एकसाथ धेरै कुरा पकाउने

यदि तह भएको प्रेसर कुकर छ भने, एकै पटक धेरै चिज पकाउने बानी बसाल्नुपर्छ । तल दाल र माथिका डिब्बामा चामल वा उमाल्ने तरकारी राख्न सकिन्छ । एकै पटक ग्यास बाल्दा तीन किसिमको खाना तयार हुन्छ । यसबाट ग्यासको धेरै बचत हुन्छ र भाँडा बारम्बार धुने झन्झट पनि घट्छ ।

७. बर्नर नियमित सफा गर्ने

ग्यास बर्नरका प्वालहरूमा फोहोर वा तेल जम्मा हुँदा आगो राम्रोसँग आउँदैन । यदि ग्यासको आगो पहेँलो वा सुन्तला रङको देखिन्छ भने बुझ्नुपर्छ ग्यास पूरै बलिरहेको छैन र खेर गइरहेको छ । सधैं निलो आगोले नै सबैभन्दा राम्रो ताप दिन्छ । हरेक १५ दिनमा बर्नरलाई ब्रस वा सियोले सफा गर्नुपर्छ ।

८. बाँकी रहेको तापको प्रयोग गर्ने

खाना पूरै पाक्नु भन्दा ५–१० मिनेट अगाडि नै ग्यास बन्द गर्ने । मोटो तह भएको भाँडामा यति धेरै ताप जम्मा भएको हुन्छ कि ग्यास बन्द गरेपछि पनि खाना पकिरहन्छ । जस्तैः चामल वा पास्ता उमाल्दा ८० प्रतिशत पकिएपछि ग्यास बन्द गरेर ढक्कन लगाएर छोडिदिन सकिन्छ । बाफ र भाँडाको बाफले बाँकी काम गर्छ । यो बानीले महिनामा निकै ग्यास बचाउँछ ।

९. बाक्लो र चेप्टो तह भएको भाँडा प्रयोग गर्ने

भाँडाको छनोटले पनि ग्यास खपतमा असर गर्छ । सधैं बाक्लो तह भएको भाँडा प्रयोग गर्नुपर्छ । यस खालको भाँडामा तापलाई समान रूपमा फैलाउँछन् र लामो समयसम्म तातो रहन्छन् । चेप्टो तह भएकाका भाँडाहरूले बर्नरको आगोलाई राम्रोसँग सोस्छन् । स्टेनलेस स्टील वा कास्ट आइरनका भाँडाहरू ग्यास बचतका लागि सबैभन्दा राम्रो मानिन्छन् ।

१०. इलेक्ट्रिक ग्याजेट र ब्याच कुकिङ अपनाउने

पानी उमाल्न ग्यासको सट्टा इलेक्ट्रिक कित्ली प्रयोग गर्नुपर्छ । यो बढी किफायती हुन्छ । साथै ब्याच कुकिङ गर्नुपर्छ । ब्याच कुकिङ भन्नाले एकै पटक दुई–तीन पटकका लागि दाल, चामल वा गेडागुडी पकाएर फ्रिजमा राख्ने । खाना खाने बेला मात्र थोरै तताएर खाने । एकै पटक ठूलो मात्रामा पकाउँदा बारम्बार ग्यास बाल्नुभन्दा धेरै इन्धन बचत हुन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?