News Summary
Generated by OK AI. Editorially reviewed.- इराकको बग्दादमा महिलाहरूले सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहारका भिडियो सार्वजनिक गर्दै प्रमाण जुटाइरहेका छन्, र सारा जसिमले तिनै भिडियो पोस्ट गरिरहेकी छिन्।
- साराले इराकमा महिलामाथिको दुर्व्यवहार र लैंगिक हिंसालाई अपराध मानेर कडा कानून बनाउन माग गरेकी छिन्, भने संयुक्त राष्ट्रसंघीय समितिले पनि कानुन बलियो बनाउन भनेको छ।
‘गाडीबाट बाहिर निस्क !’
एक महिलाले रिसले चिच्याउँदै भनिन्। उनको आरोप थियो कि उनी सडकमा हिँडिरहेका बेला गाडीका चालकले उनलाई आफ्नो गुप्ताङ्ग देखाए र अश्लील टिप्पणी गरे।
यो घटना बग्दादको एक व्यस्त सडकमा भएको थियो । ती महिलाले उक्त घटनाको भिडियो आफ्नो फोनमा खिचेकी थिइन् । भिडियोमा उनी गाडीको ढोका खोल्ने प्रयास गरिरहेको देखिन्छ, जबकि चालक बाहिर निस्कन अस्वीकार गर्छन् । उनी अडिग रहन्छिन् र ती व्यक्तिलाई कडा प्रतिवाद गर्छिन्।
यो भिडियो, अन्य धेरै भिडियोहरूसँगै, इराकमा महिला अधिकारका लागि वकालत गर्ने सारा जसिमको इन्स्टाग्राम पेजमा भेट्न सकिन्छ । साराले ती महिलाहरूको तर्फबाट यी भिडियोहरू पोस्ट गर्छिन्, जसले इराकी पुरुष र केटाहरूमाथि यौन शोषण र दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
‘समाजले प्रायः पीडितलाई नै दोष दिन्छ ।’
साराले बीबीसीलाई भनिन्, ‘तपाईंको क्यामेरा नै तपाईंको हतियार हो । यदि कुनै महिलाले आफूलाई दुर्व्यवहार गर्ने व्यक्तिविरुद्ध मुद्दा चलाउने निर्णय गरिन् भने, यो भिडियो प्रमाणको रूपमा काम लाग्न सक्छ । कम्तीमा पनि, यसले ती व्यक्तिलाई सार्वजनिक रूपमा लज्जित पार्ने माध्यमको काम गर्न सक्छ ।’
साराका अनुसार, उनले पोस्ट गरेका भिडियोहरूमध्ये एउटाको आधारमा एक आरोपित व्यक्ति पक्राउ परे– जो एक प्रहरी अधिकृत थिए । उनले स्कुले छात्राहरूलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो ।
यी भिडियोहरू पोस्ट गर्दा ती महिला आफैं र संलग्न महिलाहरूका लागि ठूलो जोखिम हुने सारा बताउँछिन् । ‘हामीले इराकका केही यस्ता महिलाहरूसँग कुरा गर्यौं जसले यौन शोषणको सामना गरेका छन्’ सारा भन्छिन्, ‘समाजले प्रायः पीडितलाई नै दोष दिने गरेको उनीहरूको गुनासो थियो ।’
आफूलाई पनि ज्यान मार्ने र एसिड आक्रमण गर्ने धम्कीसमेत आएको उनी बताउँछिन् ।
‘मलाई सार्वजनिक स्थानमा अश्लीलता फैलाएको आरोप लगाइएको छ, केवल यसकारण कि म महिलाहरूलाई बोल्न प्रोत्साहित गर्छु’ सारा भन्छिन्, ‘त्यस्तो समाजमा जहाँ हामी चुपचाप बसिरहुन् भन्ने अपेक्षा गरिन्छ।’ सुरक्षाकै चिन्ताले सारा अहिले खासै घरबाट बाहिर निस्किन्नन् । बरू उनी आफ्नो कुकुरसँग धेरै समय बिताउँछिन्।
महिलामाथि हुने ‘दुर्व्यवहार’ र ‘लैंगिक हिंसा’ लाई अपराधका रूपमा परिभाषित गरी अझ कडा कानुनहरू ल्याउनुपर्ने माग उनको छ । हाल, इराकको फौजदारी संहितामा यी शब्दहरू समावेश छैनन् ।
‘समस्यालाई स्वीकार गर्नु नै यसलाई सम्बोधन गर्ने सबैभन्दा राम्रो उपाय हो’ उनी भन्छिन्, ‘हामीलाई सुरक्षा चाहिन्छ, र दुर्व्यवहार गर्नेहरूलाई रोक्नैपर्छ ।’ इराकका धेरै महिलाहरूले बीबीसीलाई बताएअनुसार त्यहाँको न्याय प्रणाली र प्रहरीले उनीहरूलाई सहयोग गर्न सकेको छैन।
हामीले कुरा गरेका अधिकारकर्मी र वकिलहरूका अनुसार, इराकमा दुर्व्यवहार वा बलात्कारको आरोप लागेका व्यक्तिविरुद्ध कानुनी कारबाही अघि बढाउनु निकै लामो र कष्टकर प्रक्रिया हो । यसमा अनेकौं कठिनाइहरू छन् र यसबाट न्याय पाइन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन ।
मे महिनामा सार्वजनिक गरिएको एक प्रतिवेदनमा, महिलाविरुद्ध हुने भेदभाव सम्बोधन गर्ने जिम्मेवारी पाएको संयुक्त राष्ट्रसंघको एक समितिले इराकमा महिला तथा बालिकाहरूमाथि हुने हिंसा ‘व्यापक रहेको र अधिकांश घटनाहरू बाहिर नआउने गरेको’ उल्लेख गरेको छ।
उक्त समितिले विद्यमान कानुनहरूलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएको छ।
बलात्कार गर्ने व्यक्तिले पीडितलाई विवाह गरेकै भरमा सजायबाट बच्न पाउने ‘भेदभावपूर्ण’ कानुनहरू खारेज गरिनुपर्छ भन्ने यो समितिले दिएको थियो ।
साथै, तथाकथित ‘सम्मानका लागि हत्या’ को नाममा गरिने हत्याका दोषीहरूलाई सजायमा छुट दिने कानुनहरू पनि खारेज गर्न समितिले आग्रह गरेको छ।
एक्लै लडाइँ लड्दै
‘मेरी छोरीमाथि पटक-पटक बलात्कार भयो।’
यो अमल (नाम परिवर्तन) को कथा हो । उनी विगत ५ वर्षदेखि अदालतमा कानुनी लडाइँ लडिरहेकी छिन् । उनको आरोपअनुसार उनका पूर्वपतिले बन्दुक देखाएर उनकी छोरीलाई पटक-पटक बलात्कार गरे । त्यसबेला उनकी छोरी १८ वर्षभन्दा कम उमेरकी थिइन्।
इराकमा यौन शोषणलाई लामो समयदेखि एक ‘निषेधित विषय’ मानिँदै आएको छ । अर्थात्, यस्तो विषयमा कुरा गर्नु हुँदैन भन्ने मान्यता छ।
मैले यौन शोषण भोगेका धेरै महिलाहरूले बताएअनुसार, आफ्नै परिवारका सदस्यहरू आफ्नो विपक्षमा उभिन सक्छन् भन्ने डरले उनीहरूले आफूमाथि भएको घटनालाई गोप्य राख्ने निर्णय गरेका थिए ।

सामाजिक लाञ्छना र थप दुर्व्यवहार हुने डरले प्रहरीकहाँ जान हिचकिचाएको कुरा धेरै महिलाले सुनाए ।
तर, अमलले न्याय खोज्ने निर्णय गरिन् र घटनाको उजुरी दिन तुरुन्तै प्रहरीकहाँ पुगिन् । अमलले भनिन्, ‘उनका नाडी वरिपरि चोटका धेरै डामहरू थिए, किनकि पूर्वपतिले उनका हातहरू निकै कसिलो गरी समातेका थिए । जब-जब उनले चिच्याउने प्रयास गरिन्, अभियुक्तले आफ्नो हातले उनको मुख थुनिदिन्थे ।’
अमलले केही चिकित्सासम्बन्धी कागजातहरू देखाइन्, जसमा डीएनए प्रमाण पनि समावेश थियो; यी कागजातहरूले उनको भनाइलाई पुष्टि गर्छन्।
आफ्ना पूर्वपतिले परिवारका एक सदस्यसँग भनेको कुरा अमलले सुनिन्, जहाँ उनले आफू पक्राउ परेमा ‘परिवारमाथि आइलागेको बदनामीलाई मेटाइदिनू’ भनेका थिए।
यसो भनिरहेको सुनिन्: यदि आफू पक्राउ परेमा, परिवारमाथि आइलागेको ‘बदनामी वा लाजलाई मेटाइदिनू ।’ त्यसपछि उनको क्रुरता झन् सहतमा आयो ।
इराकमा, यस्तो सोचलाई प्रायः तथाकथित ‘अनर्स किलिङ’ वा ‘इज्जतका लागि गरिने हत्या’ लाई जायज ठहराउन प्रयोग गरिन्छ । जसमा कुनै महिलाले परिवारको प्रतिष्ठामा आँच पुर्याएको विश्वासका आधारमा उनको हत्या गरिन्छ ।
मेडिकल रिपोर्ट बाहिर नल्याउन भन्दैती व्यक्तिले छोरीको ज्यान लिने धम्की दिएको अमलको भनाइ छ । उनका पूर्वपति अहिले फरार छन् र अदालतमा मुद्दा चलिरहेको छ।
‘मैले यो पूरै लडाइँ एक्लै लडें ।’ अमल भक्कानिँदै सुनाइन् ।
मुद्दामा उनका पूर्वपतिले धेरै वकिलहरू राखेका थिए, तर उनीसँग आफ्ना लागि वकिल राख्ने पैसा थिएन।
उनले निराश हुँदै सास फेरेर भनिन्, ‘म यति मात्रै चाहन्छु कि ऊ सधैँका लागि मेरो बाटोबाट हटोस्।’
महिला अधिकारकर्मीको हत्या
इराकमा घरभित्रै यौन दुर्व्यवहारको सामना गरिरहेका अन्य महिलाको तुलनामा अमलकी छोरीको अवस्था केही राम्रो छ, किनभने उनीसँग बस्ने सुरक्षित ठाउँ छ। यौन दुर्व्यवहार भोगिरहेका धेरै महिलाको आफ्नै आम्दानी हुँदैन र जाने अर्को ठाउँ पनि हुँदैन । इराकमा हिंसामा परेका महिलाका लागि सुरक्षित आश्रयस्थल निकै कम छन् ।
हामीलाई जानकारी भएका आश्रयस्थलमध्ये केही यानार मोहम्मद सहसंस्थापक रहेको एउटा संस्थाले स्थापना गरेको थियो । उनी महिलाको अधिकारका लागि काम गर्ने अन्तर्राष्ट्रिय रूपमा परिचित अधिकारकर्मी थिइन् । गत मार्चमा सशस्त्र व्यक्तिहरूले बग्दादस्थित आफ्नै घरबाहिर उनको हत्या गरेका थिए । हत्यामा संलग्न व्यक्तिहरूको पहिचान अहिलेसम्म भएको छैन ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का लागि काम गर्ने विशेषज्ञहरूले अप्रिलमा सार्वजनिक गरेको विवरणमा मोहम्मदले धेरै वर्षदेखि ज्यान मार्ने धम्की र अनलाइन दुर्व्यवहारको सामना गर्दै आएको उल्लेख गरेका थिए ।
ती धम्की ‘कट्टरपन्थी धार्मिक मिलिसिया’ बाट आएको विश्वास गरिएको थियो ।
महिला अधिकारकर्मीहरूले पछिल्ला वर्षमा आफ्ना सहकर्मीलाई लक्षित गरेर गरिने आक्रमण बढेको कुरा पटकपटक बताएका छन् ।
महिला अधिकारका क्षेत्रमा काम गर्ने अर्की प्रमुख अधिकारकर्मी हना एडवरले मोहम्मदको हत्याको दुई दिनअघि मात्रै आफूले उनीसँग भेट गरेको बताइन् । हनाले आफूले पनि धम्की पाएको जानकारी दिइन्।
‘इराकमा महिलाका लागि न कानुन छ, न सुरक्षा छ, न न्याय’ उनी भन्छिन् ।
इराकी मानवअधिकार पर्यवेक्षण संस्थाका प्रमुख मुस्तफा सादुनले बीबीसीसँग भने, ‘इराकमा महिलाहरू चुप लागेर बस्छन् भन्ने कुरा समस्या होइन । समस्या त उनीहरूले आफ्नो कुरा राख्दा सुनुवाइ हुने बाटो व्यवस्थाभित्र निकै कम छन् भन्ने हो।’
यौन हिंसाबारे उजुरी गर्ने महिलाले सबैभन्दा पहिले आफ्नो परिवारबाट बाहिर निस्कनुपर्छ । त्यसपछि प्रहरी चौकी र अदालतसम्म पुग्नुपर्छ । यी प्रत्येक ठाउँमा कसैले न कसैले मुद्दालाई चुपचाप मिलाउन दबाब दिन सक्ने सादुन बताउँछन् ।
‘गाडीमा मेरो पिछा गरियो’
समीरा पनि इराकी एक महिला हुन्, उनी पनि देशको व्यवस्थाले आफूलाई साथ नदिएको ठान्छिन् ।
उनले बीबीसीसँग बताएअनुसार बारम्बार दुर्व्यवहारको सामना गर्नुपरेकाले सडकमा हिँड्दा पनि उनी सधैँ डराउँछिन् र सतर्क रहन्छिन् । एकपटक सार्वजनिक यातायातमा एक व्यक्तिले आफ्नो मोबाइलमा अश्लील भिडियो हेरिरहेको थियो । त्यसपछि उसले मोबाइल उनको अनुहारको अगाडि ल्यायो।
बग्दादमा भएको अर्को घटनाबारे बताउँदै समीराले एक व्यक्तिले १० मिनेटभन्दा बढी समयसम्म गाडीमा आफ्नो पिछा गरेको जानकारी दिइन् । उनले सुनाइन् ‘यो निकै तनावपूर्ण अनुभव थियो । मैले प्रहरीको एउटा गाडी देखेँ । म त्यसको नजिक गएर प्रहरीलाई के भएको थियो भन्ने बताएँ । तर उनीहरूले आफूहरूसँग केही गर्न पाउने अधिकार नभएको बताए ।’
समीराकी आमा उनलाई निकै माया गर्छिन् र साथ पनि दिन्छिन् । तैपनि समीरा आफूले भोगेका यौन दुर्व्यवहारका घटनाबारे आमालाई बताउँदिनन्।
उनी भन्छिन्, ‘मैले परिवारलाई बताएँ भने उनीहरूले मलाई सुरक्षित राख्न घरबाट बाहिर निस्कन दिँदैनन् ।’
समीरामा सरकारी संस्थाहरूमाथिको विश्वास हराइसकेको छ ।
‘प्रहरी अधिकारीसहित धेरै पुरुषलाई यौन दुर्व्यवहार गर्नु गलत हो भन्ने नै लाग्दैन’ उनी भन्छिन्, ‘उनीहरूको सोचाइमा दुर्व्यवहार नगर्ने हो भने पुरुष नै भइँदैन।’
धेरै महिलाले प्रहरीहरूले नै यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए ।
इराकको गृह मन्त्रालयका प्रवक्ता मुक्दाद मिरीका अनुसार प्रहरीहरू नै दुर्व्यवहारमा संलग्न भएका घटना सार्वजनिक हुने गरेका छन्, तर यस्ता घटना निकै कम छन् । यस्ता केसमा दोषीलाई कडा सजाय दिइन्छ । उनीहरूलाई १० वर्षसम्म जेल सजाय हुन सक्छ र जागिरबाट पनि निकालिन्छ ।
मैले केही महिलाले प्रहरीमा उजुरी गर्न डराउने भएकाले यौन दुर्व्यवहारका प्रमाण सामाजिक सञ्जालमा सार्वजनिक गर्न थालेको छन् ।
मिरीका अनुसार, औपचारिक उजुरी दिनुभन्दा सामाजिक सञ्जालमा पोस्ट गर्न सजिलो भएकाले महिलाहरूले त्यसो गर्छन् । कुनै विषयमा मानिसहरूको ध्यानाकर्षण गराउन सामाजिक सञ्जालमा पोस्ट गर्ने चलन पनि सामान्य बन्दै गएको छ।
इराकमा यौन हिंसा वा दुर्व्यवहारसम्बन्धी भरपर्दा तथ्याङ्क उपलब्ध छैनन् । मिरीका अनुसार, यस वर्षको सुरुदेखि प्रहरीले यौन हिंसासम्बन्धी करिब ३०० वटा उजुरी प्राप्त गरेको छ।
तर वास्तविक घटना योभन्दा धेरै हुन सक्ने उनले स्वीकार गरे।
‘लडाइँ यौन हिंसाविरुद्ध मात्रै होइन’
बीबीसीसँग कुरा गरेका महिलाका अनुभवले उनीहरूको लडाइँ यौन हिंसाविरुद्ध मात्रै नभएको देखाउँछन् । उनीहरू त्यस्तो हिंसा कायम रहन मद्दत गर्ने गहिरो सामाजिक सोच र मान्यताविरुद्ध पनि संघर्ष गरिरहेका छन्।
हना एडवरले ५० वर्षभन्दा बढी समयदेखि महिलाका मुद्दामा काम गर्दै आएकी छिन् । तर अहिलेको अवस्थाबारे उनको मूल्याङ्कन निराशाजनक छ । ‘सद्दाम हुसेनको सरकार ढलेको २३ वर्षपछि महिलाको अधिकारका सवालमा हामी अगाडि बढ्नुको सट्टा पछाडि फर्किरहेका छौँ जस्तो लाग्छ’ उनी भन्छिन् ।
तर हना र सारा दुवैले आफूहरू हार नमान्ने बताएका छन् ।
बीबीसीबाट
प्रतिक्रिया 4