Comments Add Comment

कहिल्यै भोक नलाग्ने रोग भएकी युवती, तर दिनभर खाइरहन्छिन् अनेकथरी

के तपाइँले यस्तो मान्छे देख्नुुभएको छ, जसलाई भोकै लाग्दैन तर पनि दिनभर खाइरहन्छ  ?  अमेरिकाको टेक्सास विश्वविद्यालयमा पढ्ने एक छात्रालाई यस्तै भएको छ । एब्बी सोलोमनलाई अनौठो रोग लागेको छ । उनलाई कहिल्यै भोक लाग्दैन । तर अचम्म !  उनी दिनभर केही न केही खाइरहेकी हुन्छिन् ।

एब्बी न्युनटल प्रोगोराइड सिन्ड्रोम नामक दुर्लभ रोगबाट पीडित छिन् । यो रोग विश्वमा औँलामा गन्न सकिने मानिसलाई मात्र हुुन्छ । यो रोगबाट पीडित बच्चाहरु जन्मेको केही महिनामात्र बाँच्दछन् । तर एब्बी भने २१ वर्षसम्म बाँचिरहेकी छिन् ।

यो वंशाणुुगत रोग हो । यसमा शरीरमा धेरै इन्सुलिनका कारण ब्लड सुुगरको मात्रा निकै कम हुन्छ । जसका कारण विरामी जुुनसुकै समयमा बेहोस भएर ढल्न सक्दछ । त्यसैले यो रोग भएका बिरामीको ज्यान जोगाउन पनि निरन्तर खाइरहनु पर्छ ।

एब्बी रहेक १५ मिनेटमा केही स्न्याक, चिप्स वा बिस्कुट खाने गर्छिन् । तर उनको जिउ कहिल्यै मोटाएन ।

शरीरमा रहेको एफबीएन वान नामक जिनमा हुने आनुुवांशिक परिवर्तनका कारण यो रोग लाग्दछ । यसका कारण छालाको मुनिपट्ट हुने बोसोको तहमा नोक्सान पुुग्छ र बोसो जम्मा हुनै पाउँदैन । जसका कारण व्यक्ति सानो उमेरमै बुढो देखिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment