+
+
Shares

तीन व्यक्ति मिलेर बच्चा जन्माउन बेलायतमा दिइयो पहिलो लाइसेन्स

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ४ गते १४:४४

बेलायतका डाक्टरहरुले दुई महिला र एक पुरुषको मद्दतले बच्चा जन्माउने प्रविधिको पहिलो लाइसेन्स प्राप्त गरेका छन् । आइभिएफ प्रविधिको यस आधुनिक रुपको प्रयोग बच्चालाई आनुबंशिक विमारीहरुबाट बचाउनका लागि गरिनेछ ।

यस प्रविधिको मद्दतबाट माइट्रोकोन्डि्रयासँग सम्वन्धित रोगहरुसँग लड्न सकिने डाक्टरहरु बताउँछन् । माइट्रोकोन्डि्रया शरीरको सेलमा हुने सुक्ष्म संरचना हो जसले खानालाई उर्जामा बदल्छ ।

माइट्रोकोन्ड्रियासँग सम्वन्धित रोगहरुको कारणले बिरामीमा यति उर्जा पनि बाँकी रहँदैन कि उसको मुटुको धड्कन चलिरहन सकोस् । हरेक वर्ष यसको कारण थुप्रै बच्चाहरुको मृत्यु हुने गरेको छ ।

यो रोग आमाबाट बच्चामा सर्छ । अब नयाँ प्रविधिबाट बच्चा जन्माउनका लागि बाबुको शुक्रकिट, आमाको अन्डाणु तथा दाताको अण्डाणुको प्रयोग गरिन्छ । यो प्रक्रियाको उद्देश्य दाताबाट स्वस्थ माइट्रोकोन्ड्रिया लिनु हो ।

यद्यपि, माइट्रोकोन्ड्रियाको पनि आफ्नो डिएनए हुन्छ । त्यसैले नयाँ प्रविधिबाट जुन बच्चा जन्मिन्छ, उसमा दाताको पनि अलिकति डिएनए आउँछ । तर यो प्रक्रिया कानूनी हुने र यसमा कुनै नैतिक समस्या पनि नआउने बताइएको छ ।

तर बेलायतमा यसका लागि क्लिनिक र रबरामीका लागि नियामक निकायको अनुमति लिनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?