Comments Add Comment

मधेसी मोर्चाद्वारा संसद् बैठक बहिस्कार

ढुंगेलको निधनमा शोक प्रस्ताव पारित

६ चैत, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आइतबारको संसद बैठक पनि बहिस्कार गरेको छ । संविधान संशोधनको माग पूरा नगरिएको भन्दै मोर्चाका सांसदहरुले संसद बैठकबाट बाहिरिएका हुन् ।

आइतबार सभामुख ओनसरी घर्तीले सदनको बैठक सुरु गर्नासाथ मोर्चाका सांसदहरु आ-आफ्नो स्थानबाट उठेका थिए । त्यसपछि तमलोपाका सांसद जंगीलाल यादवले बोल्दै राजनीतिक वातावरण नबनाइ सरकारले स्थानीय निर्वाचन घोषणा गरेको आरोप लगाए । संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुन नसक्ने भन्दै उनले माग पूरा नभएसम्म संसद बैठकमा भाग नलिने बताए ।

त्यसपछि मोर्चामा आबद्ध दलका सांसदहरु बैठक कक्षबाट बाहिरिएका थिए ।

ढुंगेलको निधनमा संसद शोक प्रस्ताव पारित

यसैबीच व्यवस्थापिका संसदको बैठकले नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि ढुंगेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख ओनसरी घर्तीले ढुंगेलको शोक प्रस्ताव पढेर सुनाएकी थिइन् । शोक प्रस्ताव पारित भएपछि आधा घण्टाका लागि स्थगित भएको संसद बैठक अहिले जारी छ ।

२०५६ सालमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित ढुंगेलको ६० वर्षको उमेरमा गत बिहीबार डिल्लीबजारस्थित डेरामा निधन भएको थियो । उनले कृषि सहायकमन्त्री समेतको जिम्मेवारी सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment