Comments Add Comment

भोजपुरको एक घरमा विष्फोटक पदार्थ भेटियो

फाइल तस्वीर

१२ चैत, बिराटनगर । भोजपुरको साल्पासिली गाउँपालिका ५ स्थित आङलेगु शेर्पाको घरमा ठूलो परिणाममा विष्फोटक पदार्थ भेटिएको छ ।
मान्छे नबस्ने घरमा घर सफा गर्ने क्रममा विष्फोटक पदार्थ भेटिएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका डीआइजी रमेश भट्टराईले जानकारी दिए ।

उक्त विष्फोटक पदार्थ द्वन्द्वकालमा राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । अहिले नेपाली सेनाको बम डिष्पोजल टोली घटनास्थल पुगिसकेको छ ।

डीआईजी भट्टराईले दिएको जानकारी अनुसार सकेट बम १३, सकेट बम फिट गर्ने उपकरण १, हतियारको खोका २७, ब्याट्री ८ वटा भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment