Comments Add Comment

४६ करोड लागतमा बन्दै गरेको कर्णालीको पुल जोखिममा

Photo Credit : प्रतीकात्मक तस्वीर

७ चैत, धम्बोजी । बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई कैलाली जिल्लासँग जोड्न कर्णाली नदीमा बनेको पुल जोखिममा परेको छ ।

रु ४६ करोड लागतमा कर्णाली नदीमा बन्दै गरेको ५३१ मिटर पुलको पूर्वपट्टिको किनारमा नदीले कटान गरेपछि निर्माण नहुँदै पुल जोखिममा परेको हो ।

तटीय भागतर्फ पिल्लर नभएकाले नदीले धार परिवर्तन गरेको अवस्थामा पुल धरापमा पर्ने प्रदेश सांसद् दीपेश थारूले बताए ।

हुलाकी सडक आयोजनाअन्तर्गत पर्ने कर्णालीको पुल जोगाउन थप अर्को पिल्लर बनाउन आवश्यक बजेट केन्द्रसँग माग गरिए पनि अहिलेसम्म निकासा नभएको आयोजना प्रमुख युवराज पोखरेलले बताए ।

पुलको पिल्लर नबने पुल नै खस्ने प्राविधिक टोलीको प्रतिवेदनमा उल्लेख छ ।

रकम नपठाइएपछि पिल्लर निर्माणको काम अघि बढ्न सकेको छैन । चार वर्षअघि निमार्ण गरिएको पुलको पूर्वतर्फको किनारा कटान गर्दै लगेपछि पुल जोखिममा परेको उनको भनाइ थियो । आयोजनाका अनुसार पुल जोगााउन आवश्यक पर्ने थप एक पिल्लर बनाउन प्राविधिक टोलीले छ महिनाअघि नै प्रतिवेदन पेश गरेको थियो ।

२०७३ मा आएको बाढीले पुलमा भ्वाङ पारेकामा टालटुल पारिएको छ । हस्तान्तरण नहुँदै पुल जोगाउन बनाएको तटबन्धको दक्षिणपूर्वी भेग कटान गर्दै नदी अन्यत्रबाट बग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment