फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मा गोली चलेपछि प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बताए ।
- एक जनाको तिघ्रामा गोली लागेको खबर आएको सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काले बताए ।
- गोली किन चलेको भन्ने कारण खुलेको छैन, र प्रहरीले घटनाबारे बुझ्ने काम गरिरहेको छ ।
३ असोज, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मा गोली चलेको छ । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए ।
गोली के कारणले चलेको भन्नेबारे नखुलेको उनले बताए । ‘अहिले प्रहरीको टोली पनि त्यहाँ पुग्दैछ, घटना के कारणले भएको भन्ने खुलेको छैन,’ सीडीओ अर्यालले अनलाइनखबरसँग भने ।
एक जनाको तिघ्रामा गोली लागेको खबर आएको सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काले बताए ।
उनले पनि घटनाको कारणबारे बुझ्ने काम भइरहेको बताए । स्थानीयहरूले गोली चलेको खबर गरेपछि प्रहरी त्यसतर्फ गएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4