+
+
Shares

सुनसरी र सिरहा प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सुनसरी र सिरहामा हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका र घाइतेहरूका लागि राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।
  • शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को बैठकले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।
  • सुनसरीको देवानगञ्ज र सिरहामा भएको प्रदर्शनमा परी कुल तीन जनाको निधन भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

२० साउन, काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएको पछिल्लो प्रदर्शनका क्रममा मृत्यु भएका र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

सुनसरीको देवानगञ्जमा भएको प्रदर्शनका क्रममा सोही दिन एक जनाको र उपचारका क्रममा मंगलबार दिउँसो एक जनाको निधन भएको थियो ।

त्यस्तै, सिरहामा भएको प्रदर्शनका क्रममा पनि एक जनाको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?