News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको औरही गाउँपालिका–२ का गणेश यादवको मृत्यु घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ।
- सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठित उक्त समितिमा प्रहरी र सशस्त्र प्रहरीका अधिकृतहरू सदस्य रहेका छन्।
- समितिले घटनाको विस्तृत अध्ययन गरी सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्ने कार्यादेश पाएको छ।
१८ साउन, काठमाडौं । सिरहाको गोजबजारमा केही दिनअघि भएको घटनाको छानबिनका लागि छुट्टै समिति बनाइएको छ ।
सुनसरीको देवानगञ्जमा भएको घटना फैलंदै जाँदा सिरहामा गत १४ गते औरही गाउँपालिका गाउँपालिका–२ का गणेश यादवको निधन भएको थियो ।
गोली लागेर ज्यान गुमाएका यादवको मृत्युबारे थप छानबिन गर्नका लागि गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको हो ।
समितिमा नेपाल प्रहरीका उपरीक्षक मोहनकुमार थापा, सशस्त्र प्रहरीका उपरीक्षक नरेश भण्डारी र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका प्रहरी नायब उपरीक्षक पवन ढुंगाना सदस्य रहेका छन् ।
त्यस्तै, समितिमा गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याल सदस्य सचिव रहेका छन् ।
उक्त समितिलाई ७ दिनभित्र सुझावसहित प्रतिवेदन पेश गर्न भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4