+
+
Shares

सिरहामा पेस्तोल र म्याग्जिनसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते ७:५१

२० साउन, सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान-२२ सलोखरीका १९ वर्षीय सञ्जय दास, सोही स्थानका २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय साबरजित दास रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार मंगलबार राति करिब १०स्३० बजे फुलबारीबाट आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी सितापुरबाट प्रहरी सहायक निरीक्षक प्रदीप मधुवन यादवको नेतृत्वमा खटिएको टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो । सो क्रममा साबरजित दासको साथबाट एक थान पेस्तोल र एउटा म्याग्जिन बरामद भएको प्रहरीले जनाएको छ।

एसपी पाठकका अनुसार पक्राउ परेका तीनैजनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी चौकी सितापुरबाट इलाका प्रहरी कार्यालय लहान ल्याइएको छ। बरामद गरिएको पेस्तोल र म्याग्जिनको स्रोत, प्रयोगको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानको निष्कर्षका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?