+
+
Shares

गुल्मीमा बेवारिसे अवस्थामा पेस्तोल फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते ७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको रेसुङ्गा नगरपालिका-१० मा बेवारिसे अवस्थामा एक थान भरुवा पेस्तोल फेला परेको छ।
  • प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा खटिएको प्रहरी टोलीले रातो फाइबरको झोलाभित्र उक्त पेस्तोल बरामद गरेको हो।
  • पेस्तोल कसले र किन त्यहाँ छाडेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।

३२ असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिक–१० देउराली–सिमिचौर सडकखण्ड माथिको झाडीमा बेवारिसे अवस्थामा एक थान पेस्तोल फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानमा शंकास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले शंकास्पद वस्तुको सुरक्षित रूपमा जाँच गर्दा रातो फाइबरको झोलाभित्र पुरानो जस्तो देखिने एक थान पेस्तोल फेला पारेको जनाएको छ ।

उक्त पेस्तोल स्थानीय व्यक्तिहरूको रोहबरमा कानुनी प्रक्रिया पूरा गरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

भरुवा पेस्तोल त्यहाँ कसले, कहिले र किन छोडेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?