+
+
Shares

इन्द्रचोकमा पेस्तोल ताक्दै गहना पसलमा लुटपाट गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते ११:५१

२३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका-२९ इन्द्रचोकस्थित एक ज्वेलरी (गहना पसल) पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेका छन् ।

राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले र महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले १७ वैशाखमा इन्द्रचोकको एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुट्ने प्रयास गरेका थिइन् । सो क्रममा पसलमा रहेकी महिलाले उनीहरुलाई प्रतिकार गर्दै भगाएकी थिइन् । उक्त भिडियो भाइरल बनेको थियो ।

यसअघि यही समूहले २१ पुसमा काठमाडौं-२५ मांसान गल्लीमा रहेको होलसेल पसमा यसैगरी पेस्ताल ताक्दै २ तोलाको सुनको सिक्री, नगद ४ लाख, २ थान मोबाइल र सीसीक्यामेरा समेत लुटेर लगेको पाइएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

पक्राउ परेकाहरुबाट चाइजिज पेस्तोल समेत बरामद भएको छ । पेस्तोलमा लाग्ने म्यागजिन १ थान, गोली १ थान, नक १ थान, घटनामा प्रयोग भएका कपडाहअरु र घटनामा प्रयोग भएको स्कुटर पनि बरामद गरिएको परिसरका एसपी भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?